कुमार खड्का
पथरी । उमेरले ७० टेकि सकेकी मोरङ कानेपोखरी—६ मा बसोवास गर्ने फुलमाया लिम्वु लामो समयदेखि उनि साहारा विहिन जिवन जिउन विवस छिन् । साहाराको रुपमा रहेका आफ्ना पतिको पनि मृत्यु भईसकेकाले हाल उनी बेसाहारा जिवन बिताउन बाध्य भएकी हुन् ।
भनिन्छ छोराछोरी बुढेशकालको लौरो हुन् । तर फुलमायाको जिवनमा भने यो उखान उल्टो भएको छ । सन्तानका रुपमा रहेका आफ्ना २ छोरी पनि एक जनाले मानसिक सन्तुलन गुमाएकि छिन भने अर्की एक जनाको हाल सम्म अत्तोपत्तो छैन् । उनलाई हेर्दा बनिबुतो गर्न नत हातगोडामा तागत छ जस्तो देखिन्छ नत श्रम गर्न सक्ने उमेर नै । तथापि, एक छाक टार्नकै लागि भएपनि जिर्ण अवस्थामा रहेको घर बाट धेरै टाढा रहेको जङगल सम्म पुगि झिना मसिना दाउँरा खोजेर ल्याउछिन् । वयरवन वजार र आसपासका वजारहरुमा लगेर दाउरा बेचेर जसो तसो छाक त टार्रछिन् । तर अब बर्खा याम सुरु भइसकेकाले दिनमा घाम र रातमा जुन तारा देखिने उनको घर हेर्दा यस्तो लाग्छ अब कसरी बस्न सक्छिन् होला कठै यो झुपडीमा । घाम, पानी हुरी बतास बाट जोगीनका लागि घरको आवश्यत्ता रहेपनि उनको घरले नत घाम छेक्छ नत पानीनै छेक्न सक्छ ।
पानी परेको दिन उनको घरको सम्पूर्ण भाग जलमग्न हुन्छ,छानोबाट सबै भित्र पानी छिर्छ तैपनि जिवन त्यहि कष्ठकर जिवन बिताइरहेकी छिन् उनी । बर्तमान र भविष्यको कुनै हेक्का नभएपनि उनि भन्छिन्— मेरा सवै साहाराहरुले मेरो साथ छाडिसके सास रहुनजेल बाँच्नका लागि जे पनि गर्नु पर्दो रहेछ ।
यतिका वर्षहरुमा मुलुकमा धेरै ठुला ठुला परिवर्तनहरु आए अनि गए पनि तर उनको जिवनमा ति परिवर्तनहरुले कुनै छाँया सम्म पार्न सकेको छैन् । मुलुक र गाँउ ले धेरै समाजसेवि र नेता कार्यकर्ताहरु जन्मायो राजनैतिक परिवर्तनहरु धेरै भए सिंहदरवारको अधिकार गाँउ गाँउ सम्म आइपुग्यो । जनताले आफ्ना समस्या र पिडाहरुलाई आफ्नै ठाउँमा अभिव्यक्त गर्न पाउने भएका छन् । केन्द्र र जिल्लामा पुगेर गरिने कतिपय कामहरु आज स्थानिय तहमै सम्पन्न हुन थालेको अवस्थामा आफ्नै घरदैलो अगाडिको यो दर्दनाक स्थिति देखेर पनि नदेखेको झै भएको छ,यहाँका सरोकारवालाहरु ।
बि.स २००१ साल आफ्नो जन्ममिति बताउने उनले नागरिकता नभएका कारण सरकारले बृद्घबृद्घा अवस्थामा पुगेका नागरिक लाई दिदै आएको बृद्घ भत्ता साथै बिदुवा भत्ता अहिले सम्म पाउन पनि सकेकि छैनन् ।
यस्ता पिडित मनहरु र बिक्षिप्त घाउहरुमा मलहम लगाउनका लागि जनताले चुनेर पठाएका गाँउपालिकाका जनप्रतिधिहरु आज बेखवर जस्तै बनि रहेका छन् । यसमा कसैको ध्यान पुगे फुलमायालाई राहत मिल्थियो कि ?