• विराटनगर, १९ वैशाख । ३३ किलो सुन र त्यससँगै जोडिएको सनम शाक्य हत्या काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासत पुगेका नेपाल प्रहरीका वहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेस लोहनीले पत्रकारमाथि आक्रमण गरेका छन् ।

    बुधबार विराटनगर स्थित जिल्ला अदालत मोरङ परिसरमा अदालतमा मुद्दा दर्ता गराएपछि रिपोर्टिङका लागि पुगेका पत्रकार सुमन सुस्केरामाथि आक्रमण भएको हो । त्यस्तै अर्का पत्रकार धु्रब भट्टराईमाथि समेत आक्रमणको प्रयास गरेका थिए ।

    फोटो खिच्ने क्रममा एसएसपी लोहनीले सुस्केरामाथि आक्रमण प्रयास गरेका हुन् । लोहनीले फोटो खिच्दै गरेका सुमनको क्यामेरा खोस्ने प्रयास गरेका र नभेटेपछि मुक्का प्रहार गरेका थिए ।

    तर उनको मुक्का प्रहारसँँग सुमन भागेपछि लाग्नबाट जोगिएको थियो । प्रहरी अन्य सबै सुनकाण्डका अभियुक्तहरुलाई हत्कडी लगाएपनि प्रहरीका बालकृष्ण सञ्जेल वाहेकलाई कसैलाई पनि हत्कडी नलगाउँदा लोहनी पत्रकार माथि जथाभाबी आक्रमणमा उत्रिएका हुन । उनले क्यामरा खोस्ने प्रयास गर्नुका साथै अपशव्द प्रयोग गरी गाली गलौज गरेका थिए ।

    एसएसपी लोहनी सहित ६३ जना बिरुद्ध जिल्ला अदालत मोरङमा बिभिन्न प्रकृतिका मुद्दाहरु दर्ता भएका छन् । ६३ जनाको मुद्दा दर्ता भएपनि २९ जना अदालतमा हाजिर गराईएका छन् । बुधबार जिल्ला अदालत मोरङमा सनम शाक्य हत्यामा संलग्न रहेको भन्दै मुद्दा दर्ता भएको छ ।

    लोहनी महानगरीय प्रहरी अपराध महाशाखाको नेतृत्वमा रहेका बेला गत फागुन १९ गते मोरङको उर्लाबारीमा सनम शाक्यको हत्या भएको थियो ।

    ३३ किलो सुन काण्डका नाइके चूडामणि उप्रेती (गोरे) संलग्न रहेको घटनाका अभियुक्तलाई जोगाउन एसएसपी लोहनीले अपराध महाशाखाको टोली परिचालन गरेका थिए ।

    एसएसपी लोहनीको निर्देशनमा मोरङ पुग्ने अपराध महाशाखाका तत्कालीन डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल विरुद्धपनि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…