• दमक। बुधबारदेखि शुरु प्रथम दमक गोल्डकप नकआउट फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्टस् एकेडेमीले शानदार जितका साथ विजयी शुरुवात गरेको छ ।

    दमक–९ स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न उदघाटन खेलमा मदन भण्डारीले रमपम झापा–११ लाई शून्यकाविरुद्ध ४ गोलले हरायो । मदन भण्डारी स्पोर्टस् एकेडेमीको जितमा मापवेलले दुई गोल गरे । त्यस्तै प्रकाश बुढाथोकी र सेडरिक आवाले थप एक–एक गोल गरेका थिए ।

    यसअघि पहिलो हाफको शुरुवाती समयमा झापाले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा खेलमा अग्रता लिनबाट चुकेको थियो । कर्ण लिम्बुले प्रहार गरेको उक्त पेनाल्टी बारमा लागेर फर्किएको थियो । बुधबारको खेलमा मदन भण्डारीका सौजन राई म्यान अफ द म्याच घोषित भए ।

    यो जितसँगै मदन भण्डारी स्पोर्टस् एकेडेमी क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत बिहीबारको खेल आयोजक दमक–११ र करेन्ट रुपन्देही–११ बीच हुने आयोजकले जनाएको छ ।

    दमक नगरपालिकाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको फाइनल खेल बैशाख २८ गते शुक्रबार हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…