• काठमाडौं - नेपाली कांग्रेसमा पदाधिकारी मनोनयनमा किचलो देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने विवाद केन्द्रीय समिति बैठकले केही दिनअघि टुंगो लगाए पनि पदाधिकारी मनोनयनका विषयमा कांग्रेसभित्र नयाँ विवाद देखा परेको हो ।

    सोही विवादका कारण महाधिवेशन भएको २६ महिनापछि पदाधिकारी मनोनयनका लागि गत सोमबार सभापति शेरबहादुर देउवाले बोलाएको बैठक स्थगित भएको थियो ।

    पार्टी विधानको व्यवस्थाअनुसार सभापति देउवाले निवार्चित केन्द्रीय सदस्यहरुको मात्र बैठक बोलाएपछि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले असन्तुष्टि जनाएका थिए । 

    आफ्नो पक्षसँग छलफलै नगरी सभापति देउवाले पदाधिकारी मनोनयन गर्न लागेको भन्दै उनीहरुले बैठक स्थगित गर्न माग गरेपछि महामन्त्री शशांक कोइरालाको पहलमा बैठक शुक्रबारका लागि सारिएको छ ।

    उपसभापति, महामन्त्री र सहमहामन्त्री आफू निकट नेतालाई ल्याउने तयारीमा देउवा जुटेपछि असन्तुष्ट पक्ष कि सभापतिसँग बार्गेनि गरेर सहमहामन्त्री आफ्नो पक्षमा पार्ने होइन भने उनलाई कमजोर साबित गरेर आगामी महाधिवेशनमा जुट्ने रणनीतिमा लागेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…