• दमक । वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) यहाँ सम्मानित हुनुभएको छ । लोक संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत जोशीलाई रु एक लाख राशिको नगर प्रमुख सम्मान प्रदान गरिएको हो ।

    दमक–१ मा स्थायी बसोबास गरी आउनुभएका जोशी छ दशकभन्दा बढीदेखि गीत संगीत, कलाकारिताका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँका ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता कयौँ गीत चर्चित छन् ।

    दमक नगरपालिकाले आज यहाँ एक कार्यक्रम सो सम्मान प्रदान गरेको हो । सो सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले जोशीलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा प्रम ओलीले लोकगीत, संस्कृतिका अग्रजहरु राष्ट्रका सम्पत्ति भएकाले त्यस्ता प्रतिभालाई हरेक क्षेत्रले प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

    सम्मान कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कला संस्कृतिको सम्वृद्धिमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनुभयो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…