• पथरीशनिश्चरे २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पूर्वोत्तर मोरङका पत्रकारहरूले बिहीबार बिहान पथरी बजारमा प्रभात फेरीको आयोजना गरेका छन् । 
        नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार मञ्च, सञ्चार क्लव नेपाल र मिडिया समाज बेलबारीको संयुक्त आयोजनामा भएको प्रभात फेरी स्थानीय जन आन्दोलन चौकबाट सुरु भई रत्न चौक–बुद्ध चौक–मन्दिर लाइन हुँदै पुन जनआन्दोलन चौकमा आएर समापन भएको थियो । समापनका क्रममा आयोजित कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका मोरङ सह सचिव सन्तोष राईले प्रेस स्वतन्त्रता संविधानको प्रस्तावनामा लेखिए पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । पथरीशनिश्चरे नगर पालिकाका प्रेस संयोजक भुपेन्द्रराज तिम्सिनाले प्रेस स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा बुधबार विराटनगरमा पत्रकार माथि प्रहरीका निलम्वित अधिकृतले गरेको दुब्र्यबहारको भत्र्सना गर्नुभयो । 
        मिडिया समाज बेलबारीका अध्यक्ष अम्विका भण्डारीले प्रेस स्वतन्त्रताको रक्षाका लागि राज्य गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले अदालत परिसरमा नै पहरीले पत्रकार माथि आक्रमण गर्नु विधिको शासन विरुद्ध रहेको उल्लेख गर्नु भयो । क्षितिज मिडिया प्रालिका सचिव तुलसी ढकालले प्रेसलाई मर्यादित र जिम्मेवार बनाउन सञ्चार माध्यम आफै सक्रिय हुनु पर्नेमा जोड दिनु भयो । 
        शक्तिको निगरानी,मिडिया न्याय र विधिको शासन भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रभात फेरिमा पूर्वोत्तर मोरङका ४० बढी पत्रकारको सहभागिता रहेको थियो । प्रभात फेरीको आयोजना गर्नु पूर्व पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर पत्रकार माथि भएको प्रहरी ज्यादतीको सांकेतिक बिरोध गरेका थिए । प्रेस स्वतन्त्रता दिवस हरेक वर्षको मे ३ तारिखको दिन मनाउने गरिन्छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…