उर्लाबारीःबहुचर्चित साढे ३३ केजी सुन प्रकरण र सो काण्डमा जोडिएका मोरङको उर्लाबारीका सनम शाक्यको हत्यामा मुछिएका नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक दिवेश लोहनीले पत्रकारमाथी गरेको दुब्र्यवहारको भत्र्सना गरेको छ । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार कलब नेपालले विज्ञप्ति जारी गर्दै जिल्ला अदालत मोरङ परिसरमा संचारकर्मीमाथि गरेको दुब्र्यहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
क्लबका अध्यक्ष सरोज बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘ नेपाल पत्रकार महासंघका सल्लाहकार अनन्तराज न्यौपाने, कार्यसमिति सदस्य धु्रब भट्टराईसहित पत्रकार अनिल श्रेष्ठ र सुमन सुस्केरालाई अपशब्द बोल्दै एसएसपी लोहनीले अदालत परिसरमै आक्रमण गरेको घटनाप्रति हामी खेद प्रकट गर्दछौं । गम्भीर अपराधमा मुछिइका आरोपितले प्रेस स्वतन्त्रताको धज्जी उडाएको हाम्रो ठहर छ ।’ घटनाका दोषीलाई हदैसम्मको कार्वाहीको माग गर्दै स्वतन्त्रतापूर्वक समाचार संकलन गर्ने वातावरण मिलाउन सम्बन्धित पक्षसँग माग गरिएको छ । बुधबार जिल्ला अदालतमा अभियोगपत्र पेश गरेर बाहिरिने क्रममा एसएसपी लोहनीले समाचार संकलन गर्न गएका पत्रकारहरूलाई दुव्र्यवहार र अपशब्द प्रयोग गरेका थिए ।
यसैविच प्रेस स्वतन्त्रता दिवसमा अन्तरक्रिया उर्लाबारीः २५ औँ प्रेस स्वतन्त्रता दिवसको अवसरमा मोरङको उर्लाबारीमा चियापान तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । बिहीबार सञ्चार क्लब नेपालले चियापान तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा, पूर्वअध्यक्ष जगन्नाथ भट्टराई, प्रेस चौतारी मोरङका पूर्व उपाध्यक्ष मिलन के राउतलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन उपाध्यक्ष नवराज भट्टराईले गरेका थिए ।