• प्रमोद यादव, इनरुवा, २० बैशाख । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत जारी रहेको करोडौं रकमको सडक निर्माणमा व्यापक भ्रष्टचार भएको उजुरीमाथि बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै सुनसरी प्रशासनले फरक फरक ढंगबाट अनुसन्धानको प्रक्रिया अगाडी बढाएको छ ।

    उक्त गाउँपालिका क्षेत्रमा जारी रहेको १४ करोड बढी रकम बराबरको सडक तथा कल्र्भट निर्माणमा गाउँपालिका अध्यक्ष महेन्द्र यादव, वडा अध्यक्षहरु आलम अंसारी, हारुन अंसारी र निर्माण व्यवसायी मनोज यादवले मोटो रकम भ्रष्टचार गर्दै काम गरी रहेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीसँगै सुनसरी प्रशासनमा आईतबार उजुरी दर्ता भएको थियो ।

    स्थानीय आधा दर्जन उपभोक्ताले दिएको उजुरी उपर बुधबारबाट तिब्र गतिमा छानविन प्रक्रिया थालिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख प्रदिप अधिकारीका अनुसार सो उजुरी माथि अनुसन्धानको क्रममा सम्बन्धित गाउँपालिकासँग कागजात उपलब्ध गराउन पत्रचार गरि सकिएको छ ।

    अधिकारी अनुसार पहिलो चरणमा उजुरीको आधिकारिकतामाथि छानबिन गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाईने छ ।

    यस्तै सुनसरी प्रशासनले समेत बुधबार नै भोक्राहा नरसिंह गाउँपालिकालाई पत्रचार गर्दै विकास निर्माणका बिषयमा तथ्य सत्य जानकारी उपलब्ध गराउन पत्रचार गर्दै अनुसन्धानको पहिलो प्रक्रिया थालिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले  बताउनुभयो ।

    सो गाउँपालिका अध्यक्ष महेन्द्र यादव र केही वडा अध्यक्ष समेतको मिलोमतोसँगै निर्माण व्यवसायी मनोज यादवको आन्तरीक चलखेलमा उक्त गाउँपालिका क्षेत्र भित्र जारी रहेका सडक निर्माण तथा कल्र्भट निर्माणमा ५० प्रतिशत बढी भ्रष्टचार भएको भन्दै सोही गाउँपालिकाका सर्वसाधरणहरुले कुरा सार्वजानिक गरेपछी बाहिरिएको उक्त गाउँपालिकाको भ्रष्टचार प्रकरणमाथि सुनसरी प्रशासनसँगै अख्तियारले छानविन प्रक्रिया अगाडी बढाएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…