• झापा, वैशाख २० गते । झापाको दमक नगरपालिकाले देशमै पहिलोपटक धिमाल जातिलाई प्रथम दमक नगरपालिकाको प्रथम नागरिक घोषणा गरेको छ । यो घोषणासँगै दमक नगरपालिका कार्यालय परिसरअगाडि धिमाल जातिको साङ्केतिक प्रतिमासमेत स्थापना गरिएको छ । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार औपचारिक रूपमा धिमाल जातिको प्रतिमा अनावरण गर्नुभयो । प्रथम नागरिक घोषणा भएपछि सबै धिमाल जातिले यसको भव्य स्वागत गरेका छन् । 
    दमक नगरपालिका क्षेत्रमा पहिलोपटक पाइला टेक्ने जाति नै धिमाल जाति हो । यस जातिका बारेमा दमक नगरपालिकाले विभिन्न अध्ययन गरेको दमक नगरप्रमुख रोमनाथ ओलीले बताउनुभयो । नगरपालिकाले खोज अनुसन्धानबाट धिमाल जातिलाई प्रथम नागरिक हो भन्ने पुष्टि भएपछि २०७४ साल असोज ३० गते सोमबार बसेको दमक नगरपालिकाको प्रथम नगरसभाले त्यो घोषणा गरेको थियो । 
    धिमाल जातिको लोप हुन लागेको भाषा, लिपि, संस्कार र संस्कृति संरक्षणमा सकारात्मक रहेको धिमाल जाति विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमालले बताउनुभयो । 
    दमक नगरपालिका क्षेत्रमा १० हजारको हाराहारीमा रहेका धिमाल जाति पूर्ण रूपमा कृषि पेसामा आबद्ध छन् । प्रथम नागरिक घोषणा गरिएसँगै यो जातिको संरक्षण तथा उत्थानमा दमक नगरपालिकाले विभिन्न कार्यक्रमसमेत घोषणा गरेको छ । प्रधानमन्त्री धिमाल कार्यक्रमअन्तर्गत दमकको खरखरेलाई सिमसार क्षेत्रका रूपमा विकास गरी पोखरी र पार्क निर्माण गर्ने योजना अघि सारिएको छ । गोरखापत्रमा टीकाराम उप्रेतीले समाचार लेख्नुभएको छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…