• काठमाडौं, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणका लागि आउने भएपछि भारतीय खुफिया एजेन्सी ‘रअ’का साथै स्पेशल कमाण्डो फोर्सका उच्च अधिकारीहरू काठमाडौं र जनकपुरमा फैलिएका छन् ।

    स्रोतका अनुसार ‘रअ’का उच्च अधिकारीहरूले जनकपुर र काठमाडौंमा बसेर सूचना संकलन गरिरहेका छन् । नेपालका लागि भारतीय राजदूतावास लैनचौरबाट कार्यसम्पादन गर्न समस्या पर्ने भएपछि याक एण्ड यति होटेलबाट ‘रअ’ले आफ्ना गतिविधि चलाई रहेको स्रोतको भनाइ छ ।

    ‘रअ’का साथै भारतीय स्पेसल कमाण्डो फोर्सका सुरक्षाकर्मीहरू जनकपुरको बाह्रविघा, जानकी मन्दिर आसपास, भानुचोक र काठमाडौंका सुन्धारा, गौशला, तीनकुने, ताहाचल, सिनामंगल, नेपाल–भारत सिमाना लगायतका स्थानमा उच्च सतर्कताका साथ निगरानी गरिरहेको स्रोतले जनाएको छ ।

    भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नेपाल सरकार अत्यन्तै संवेदनशील रहेको गृहमन्त्री रामबहादुर थापाले जनाई सकेका छन् ।

    जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मोदीको सुरक्षामा कुनै पनि कमजोरी नहुने उनले बताएका छन् ।

    तर, गृहमन्त्री थापालाई अरुको भन्दा पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को डर छ । नेकपाले कालो झण्डा देखाउने हो कि भनेर गृहमन्त्री थापाले चिन्ता लिने गरेको स्रोतको भनाइ छ ।

    मोदी आफ्नो सुरक्षाका लागि भारतबाटै गाडी लिएर आउने छन् । उनले आफू आउनुभन्दा अगाडि भारतबाट गाडी नेपाल पठाउने छन् । मोदी चढ्ने गाडीलाई विमानबाट नेपाल ल्याइनेछ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…