• दमक । रुपन्देही ११ लाई ट्राइबेकरमा पराजित गर्दै आयोजक दमक ११ मोसफलकै सर्वा्धिक राशीको दमक गोल्डकप फुटबल प्रतियोगिताकाको दोश्रो चरणमा प्रबेश गरेको छ । निर्धारित समयसम्म दुवै टिमबाट १।१ गोलको बराबरी भएपछि खेलको निर्णयको लागि सिदै ट्राईबेकरमा लगिएको थियो । ट्राइबेकरमा दमकले रुपन्देहिलाई ४-३ ले हराउदै आफ्नो जित दर्ता गरेको हो ।

    निर्धारित समयमा भने आयोजक दमकका विकेश लिम्बुले २७ औ मिनेटमा र ८१ औ मिनेटमा रुपन्देहिका नितिन थापाले गोल गर्दै खेल बराबरी बनाएका थिए । दुवै टिमले थुप्रै गोल गर्ने अवसरहरु पाएपनि सदुपयोग गर्न सकेनन । आजको खेलको म्यान अफ द म्याच आयोजकका गोल रक्षक विकास माझी घोषित हुदै नगद ११ हजार रुपैँया प्राप्त गर्न सफल हुनुभयो ।

    यसअघि हिजो भएको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकाडेमी विजयी भएको थियो । मदन भण्डारी स्पोर्टस् एकाडेमीले घरेलु टोलि रमपम झापा ११ लाई ४।० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

    प्रतियोगिताको विजेताले नगद रु १३ लाख ११ हजार र उपविजेताले नगद रु ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा आयोजक सहित १० वटा टिमको सहभागिता रहेको छ । यसैगरि भोलि शसस्त्र प्रहरी र मदन भण्डारी स्पोर्टस् एकाडेमी बिच पहिलो क्वाटरफाइनल खेल हुने आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…