• काठमाडौं। समाचार संकलनमा खटिएका नेपाल पत्रकार महासंघका सल्लाहकार अनन्तराज न्यौपानेसहित ४  पत्रकारलाई साढे ३३ किलो सुन तस्करी काण्डमा मुछिएका नेपाल प्रहरीका एसएसपी  दिवेश लोहनीले गाली गलौजसहित लात्ती प्रहार गरेको घटनाको विरोध भएको छ।

    बुधबार नेपाल पत्रकार महासंघ मोरङले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको ज्याजतिको निन्दा गरेको हो। बुधबार जारी गरेको विज्ञप्तिमा न्यौपानेसहित नेपाल पत्रकार महासंघ मोरङ कार्यसमिति सदस्य ध्रुव भट्टराई, अनिल श्रेष्ठर सुमन सुस्केरालाई गालीगलौज गर्दै लोहनीले लात्ती प्रहार गरेको उल्लेख छ। 

    गम्भीर घटनामा मुछिएका अभियुक्तले  जिल्ला अदालत मोरङ परिसरमै पत्रकारमाथि गरेको दुव्र्यवहार र आक्रमण प्रेस स्वतन्त्रतामाथिकै हमला भएको ठहरसहित महासंघले लोहनीमाथि थप कारबाही गर्न सरकारसँग माग गरेको छ। 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…