क्वालालम्पुर/बैशाख-२०
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसिया ( फोनिज ) को प्रथम अधिबेशन हुने भएको छ। मइ ६ तारिख आइतबार द फाइव इलामेन्ट होटल क्वालालम्पुरमा हुन लागेको हो।
आदिवासी जनजाती समुदायहरुको माग मुद्दा लाई राज्यका मुलधार मिडियाहरु ले स्थान नदिदा आदिवासी जनजातिहरु ले सन्चारको बिकल्प छुट्टै पत्रकार सङठनको महसुस गरेर मलेशियामा साखा बिस्तार गर्न लागिएको हो।
जनजाति आदिबासी समुदायका आवाज र निस्पक्ष्य सुचनाको अधिकार लाई बुलन्द गर्ने उदेश्यले पनि फोनिज गठन भएको हो।फोनिज मलेशियाको उद्घाटन गर्न नेपाल आदिबासी जनजाति पत्रकार महासघ केन्द्रिय ब्युरोका संगठन बिभाग सचिब मिलन लिम्बु र लिम्बु पत्रकार महासघका अध्यक्ष देबेन्द्र खापुङ आउने भएका छन।
उक्त अधिबेशन लाई एभरेस्ट किचन रेस्टुरेन्ट ,मण्डला रेस्टुरेन्ट ,पर्देसी रेस्टुरेन्ट , काठमाडौ रेस्टुरेन्ट , लेजिना रेस्टुरेन्ट ले प्रायोजन गर्ने भएका छ्न । (फोनिज)को नेपाल मा १९९९ मै गठन भएपनी मलेसिया शाखा भने यो पहिलो पटक गठन हुन लागेको हो।