• काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानविन र अनुसन्धानलाई विवादित बनाउने गरी पूर्व एआईजी विज्ञानराज शर्माले मिडियामा बयानबाजी गर्न थालेका छन् । शर्माले पत्रकारमाथि आक्रमण गर्ने एसएसपी दिबेश लोहनीको बचाउ गर्दै सुन तस्करीको अनुसन्धान अलमलिएको मिडियामा वताउन थालेका छन् ।

    प्रहरी संगठनमा बहाल हुँदा नै विवादास्पद अभिव्यक्ति दिने गरेका शर्माले न्यायीक हिरासतमा रहेका लोहनी औंलामा गन्न सकिने कुशल प्रहरी अधिकारी भएको बयान दिए । उनले प्रहरीको नाटकीय शैलीलाई नै सत्य ठान्नु छानविन समितिको गल्ती भएको टिप्पणी गर्दै तस्करीका अभियुक्तलाई आफ्नो सहानुभूति देखाउने कोशिश गरेका छन् ।

    सुन खोज्ने भन्दा पनि प्रहरी फसाउने काममा छानविन समिति लागेको अभियोग लगाउँदै अनुसन्धानलाई मोड्ने तरिकाको वक्तव्य दिएका छन् । बिगतमा उनी आफैं र भाई दयाको समेत संलग्नतामा सुन तस्करी हुने गरेको समाचार आउन थालेपछी शर्माको यस्तो बयान आएको हो । 

    छानविन समितीलाई बिबादित बनाउने र लहरो तान्दा पहरो गर्जने भने झै आफ्नै भाई दया शर्मा र व्यापारी दिपक मलहोत्राको सेटिङमा हुने गरेको सुन तस्करीको पोल खुल्ने डरले शर्मा बयानबाजीमा उत्रिएका छन् ।

    शर्मा मेट्रोको प्रमुख समेत थिए। काठमाडौं प्रहरी,अपराध महाशाखा र बिमानस्थलको सुरक्षा र अबैध गतिबिधीको निगरानी गरि कारवाही गर्ने निकाय पनि मेट्रो नै हो। तर, उनले त्यो समयमा किन सुन तस्करी नियन्त्रण गर्न सकेनन् र अहिले बयानबाजी गरिरहेका छन् ?

    त्यसो त एसएसपी छँदा शर्मालाई सिफलमा गुण्डा नाइके राजु गोर्खालीसहित काठमाडौंको प्रहरीले पक्राउ गरि छाडेको घटना अहिले पनि ताजा नै रहेको प्रहरी अधिकारीहरु बताउँछन्। 

    एक दशकअघि राजधानीको दरबारमार्गस्थित रोयल डिस्कोमा राकेश लिम्बुकोे हत्या गरि फरार भएका बेला डन राजु गोर्खालीलाई प्रहरीले खोजेको थियो।

    तर, गोर्खालीको गाडीमा शर्मा भेटिएपछि प्रहरी टोली नै तीनछक परेको थियो। त्यतिखेर शर्मालाई गोर्खालीको गाडीबाट ओरालेर प्रहरीले गोर्खालीलाई पक्राउ गरेको थियो । उनी प्रहरीमा छँदा गोर्खालीलाई प्रहरीले पक्राउ गरेको खण्डमा तुरुन्तै छुटाउने गर्दथे । प्रहरी स्रोतका अनुसार काठमाडौं मलको ठेक्कामा शर्माले गोर्खालीसँग मिलेर टेन्डर हालेका थिए ।

    शर्मा बाहलमा रहँदादेखि नै बिबादित थिए । एआइजीको कार्यसम्पादनका क्रममा उनले अखिल नेपाल फुटबल संघको अध्यक्षमा चुनाव लड्ने घोषणा गरेका थिए । उनले बर्दी लगाएरै चुनाव लड्ने समेत बताएका थिए । (नेपाल समाचारपत्र दैनिक)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…