• काठमाडौँ। सिण्डिकेट कायम राख्न पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले शुक्रबार सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् । जसका कारण राजधानी उपत्यकामा विहानैबाट सार्वजनिक यातायातका साधन चलेका छैनन् ।

    चक्रपथमा मयुर यातायातले सीमित सवारी चलाएपनि त्यो पर्याप्त देखिएको छैन । विशेष गरेर राजधानीका चोकचोकमा परीक्षा दिन हिँडेका विद्यार्थीहरु अलपत्र परेका छन् ।

    'गाडी बन्दु हुने थाहा नै भएन परीक्षा केन्द्र ग्लोबल कलेजमा परेको छ', सुकेधारामा भेटिएका एक परीक्षार्थी दृष्टि कोइरालाले भनिन्– अब परीक्षा केन्द्र सम्म कसरी पुग्ने अन्यौलमा छु । उनी त  एक पात्र मात्रै हुन् । दृष्टि जस्ता आज परीक्षा दिन हिँडेका कयौं विद्यार्थीहरु सवारी साधन नपाएर अलपत्र मात्रै परेका छैनन् परीक्षा दिन जान पाउने होकी होइन भन्ने चिन्तामा छन् ।

    यसअघि सरकारले यातायात व्यवसायीको एकाधिकार तोड्न भन्दै उनीहरुको सिण्डिकेट खारेज गर्ने निर्णय गरेको थियो । निर्णयसँगै यातायात व्यवसायीले उक्त सिण्डिकेट खारेजको माग गर्दै करिब एक महिना अगाडि आन्दोलनको घोषणा गरेका थिए ।

    सोही आन्दोलन स्वरुप नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज यातायात ठप्प गरेका हुन् । यातायात व्यवसायले २८ गते अनिश्चितकालीन यातायात ठप्प पार्ने समेत घोषणा गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…