• विराटनगर । जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा शुक्रवार पाँच जनासँग बयान लिने कार्य सम्पन्न भएको छ ।

    जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज पाँच जनाको बयान कार्य सम्पन्न भएको र एक जनाको आइतबार बयान लिने कार्य हुने स्रेस्तेदार नवराज दुलालले बताए ।

    यसरी बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, नरेन्द्र कार्की, मदनप्रसाद घिमिरे, राजनकुमार र मोहन काफ्ले रहेका छन् ।  निजमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचारी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ ।

    यस घटनामा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएकामध्ये छ जनाको बयान कार्य बिहीबारदेखि शुरु भएको हो । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…