• चितवन, वैशाख २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “ सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको छ ।”

    प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको उल्लेख गर्दै २००७ सालपछि देश नयाँ शिक्षातर्फ उन्मुख भएको र त्यसअघि औपनिवेशिक आवश्यकताको उपनिवेशको बासिन्दालाई कमाउन सिकाउने खालको शिक्षा रहेको धारणा व्यक्त गर्नुभयो ।

    नेपाल कृषि प्रधान देश रहेको र दुई तिहाइ जनसंख्या कृषिमा आधारित भएर पनि खाद्यान्न आयात गर्नु पर्ने अवस्था रहेको बताउँदै उहाँले अन्न नपुगेरभन्दा पनि खाने बानीको समस्याका कारण अभाव भएको हो भन्नुभयो ।

    प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व अहिलेको भन्दा चार गुणा बढी बढाउनुपर्नेमा जोड दिदैं “यसका लागि प्रविधि र अनुसन्धानको विकास गरेर खाद्यान्नको परिपूर्ति गर्नुपर्ने आवश्यकता छ भन्नुभयो ।”

    बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले दीक्षित भएर जाने विद्यार्थीले राष्ट्र र जनताको हित अनुकूल काम गर्न आवश्यक रहेको बताउनुभयो ।

    बैठकमा प्रस्ताव गरिएको दीक्षित हुने विद्यार्थीको नामावली पारित गरिएको थियो । बैठक प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीको अध्यक्षतामा भएको थियो ।  (रासस) 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…