• काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही बैशाख २८ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । जनकपुरदेखि मुक्तिनाथसम्मको धार्मिक यात्रा गर्ने मोदीको भ्रमणका लागि तयारी समेत धमाधम भईरहेको छ ।

    तर, तयारीका नाममा केही अवाञ्छित गतिविधि समेत गर्न खोजिएको आशंका गरिएको छ । मोदीको भ्रमणको सुरक्षा तयारीका लागि भन्दै केही दिन यता भारतीय सुरक्षा निकायको ठुलै डप्फा नेपालमा रहेको छ ।

    सुरक्षा चुनौती रहेका मोदीको सुरक्षा ग्यारेन्टी गर्न खोज्नु अन्यथा होइन । तर तयारीको नाममा भारतीय वायुसेवाका हेलिकप्टर जताततै उडाएर नेपालको सार्व भौमिकतामाथि हस्तक्षेप गर्ने घुमाउरो प्रवृत्ति भारतीयहरुले देखाएका छन् ।

    भारतीय सुरक्षाकर्मी वा खुफिया एजेन्सीहरुले सुरक्षा जाँच गर्ने हो भने पनि नेपाली सुरक्षाकर्मीहरुलाई नै अघि लगाएर गर्नुपर्ने कुटनीतिक मान्यता हो । तर यति बेला जनकपुरदेखि मुक्तिनाथसम्म भारतीयहरुको दैनिक चुरीफुरी बढेको छ, नेपालीपत्रमा उल्लेख छ ।

    राजनीतिक नेतृत्वले राम्रै गर्न खोज्दा खोज्दै पनि भारतीय खुफिया एजेन्सीहरुले हैकमवादी प्रवृत्ति देखाउँदा नेपाल-भारत सम्बन्धलाई सहयोग नपुग्ने स्पष्ट छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…