विराटनगर / नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको नेतृत्वकालागि मतदान सुरु भएको छ । आज विहान ८ बजेबाट प्रदेश नम्बर १ का १४ वटा जिल्लाहरुमा सुरु भएको मतदान प्रकृया साँझ ४ बजे सम्म चल्नेछ ।
आज ७ पदाधिकारीकालागि प्रतिस्पर्धा हदैछ । २१ सदस्य रहने प्रदेश समितिकालागि १४ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत दिपक दाहालले जानकारी दिए ।
निर्विरोध निर्वाचत हुनेहरुमा कोषाध्यक्षमा प्रेस चौतारीकी उम्मेदवार अम्बिका भण्डारी, महिला सदस्यहरू युनियनकी रेजिना गौतम, चौतारीकी तीलकुमारी शर्मा र प्रेस सेन्टरकी रिता मोक्तान, दलित सदस्यमा चौतारीका सन्तोष रुचाल र अल्पसंख्यकमा युनियनका इकवाल अहम्मद रहेका छन् ।
यस्तै आदिवासी जनजाति सदस्यहरु गणेश साम्पाङ राई र केशवकुमार लामा पनि निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश समिति निर्माणका लागि पत्रकारहरुको ठूला संगठन प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले संयुक्त उम्मेदवारी दिएका थिए ।
ठूला संगठनको सहमति अमान्य रहेको भन्दै संघीय प्रेस फोरम नेपाल, मधेशी पत्रकार समाज, स्वतन्त्र पत्रकार समुह, संघीय पत्रकार युनियन र नेपाल ख्रिस्चियन पत्रकार संघले पनि केहि पदमा उम्मेद्वारी दिएका छन् ।
अध्यक्षमा संयुक्त प्यानलबाट अध्यक्षमा चौतारीका विक्रम लुईटेल र स्वतन्त्र गोपाल देवान चुनावी मैदानमा छन् ।
उपाध्यक्षमा युनियनका सोमनाथ सुवेदी र स्वतन्त्र रुपमा विजय खतिवडाले उम्मेदवारी दिएका छन् ।
महासचिवमा प्रेस सेन्टरका विवेक गौतम र कमन देवानको चुनावी भिडन्त हुदैछ । यस्तै महिला उपाध्यक्षमा संयुक्त प्यानलकी स्मीता निरौला र मनिता ताम्लिङ रहेकी छिन् । समावेशी सचिवमा संयुक्त प्यानलका बुद्धवीर राई र सन्तवीर लामाले उम्मेदवारी दिएका छन् ।
महासंघको विधान अनुसार प्रदेश समितिको अध्यक्ष १, उपाध्यक्ष खुल्ला १, महिला १, महासचिव १, सचिव खुल्ला १, समावेशी १, कोषाध्यक्ष १, खुल्ला सदस्य ५, महिला सदस्य ३, दलित १, आदिवासी जनजाति २, मधेशी २ र अल्पसंख्यक १ गरी २१ सदीयीय समिति निर्माण हुने उल्लेख छ
यसैगरी ५ जना पदका लागि निर्वाचन हुने खुल्ला सदस्य पदमा ६ जनाको उमेद्वारी परेको छ ।
३ जना महिला सदस्यका लागि ३ जनाको मात्र उमेद्वारी रहेको र १ जना दलित सदस्य कोटामा १ जनाको मात्र उमेद्वारी परेको थियो ।
यसैगरी २ बटा कोटाको आदीवासी जनाजाति मा २ जनाको, २ पदको मधेशी कोटामा ३ जनाको र १ जनाको अल्पसङख्यक÷अपाङग कोटाको लागि १ जनाको मात्र उमेद्वारी परेको छ ।
अध्यक्ष
१. गोपाल देवान
२. विक्रम लुईटेल (संयुक्त प्यानल)
उपाध्यक्ष (खुला)
१. विजय खतिवडा
२. सोमनाथ सुवेदी (संयुक्त प्यानल)
उपाध्यक्ष (महिला)
१. मनिता ताम्लिङ
२. स्मिता निरौला (संयुक्त प्यानल))
महासचिव (खुला)
१. कमल देवान
२. विवेक गौतम (संयुक्त प्यानल)
सचिव (समावेशी)
१. बुद्धवीर राई (संयुक्त प्यानल)
२. सन्तवीर लामा
सदस्य (खुला)
१. डिल्लीराम खतिवडा (संयुक्त प्यानल)
२. फिपराज बेघा
३. विपेन्द्र गौतम (संयुक्त प्यानल)
४. तीर्थ सिग्देल (संयुक्त प्यानल)
५. सशी कोइराला (संयुक्त प्यानल)
६. बुद्धि प्रसाद लामिछाने (संयुक्त प्यानल)
सदस्य (मधेशी)
१. ब्रम्हदेव यादव (संयुक्त प्यानल)
३. जयकृष्ण यादव (संयुक्त प्यानल)
४. श्याम सुन्दर सुतिहार