• काठमाडौं, वैशाख २२ ।  नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । ७ वटा भौगोलिक प्रदेश र काठमाडौं उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० वटा समितिमा पदाधिकारी चयनका लागि मतदान सुरु भएको हो ।

    नेपाल पत्रकार महासंघमा पहिलोपल्ट साधारण सदस्यका प्रत्यक्ष मतदानबाट प्रदेश समितिका पदाधिकारी चयन हुन लागेको भए पनि धेरै जसो पदमा मुख्य ३ दल निकटका पत्रकार भागबण्डा गरेर निर्विरोध चयन भएका छन् ।

    नेकपा एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले सिण्डिकेट कायम राखेर पद भागबण्डा गरेको भन्दै अन्य दल निकट पत्रकारले यो चुनाव बहिष्कार गरेका छन् । केहीले भने भागबण्डा गर्नेलाई निर्विरोध हुन नदिने भन्दै उम्मेदवारी दर्ता गरेका कारण मतदान नै गर्नु परेको हो ।

    काठमाडौं उपत्यकाको मतदान पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा भइरहेको छ भने अन्य जिल्ला शाखाको मतदान सम्बन्धित जिल्लाकै कार्यालयमा चलिरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…