• देबु बानियाँ

    काठमाडौँ । अखिल नेपाल फुटबल संघको अध्यक्षमा कर्मा छिरिङ शेर्पा भारी मत अन्तरले निर्वाचित भएका छन् । 
    शनिवार सम्पन्न संघको निर्वाचनमा प्रतिस्पर्धी मणि कुवँरलाई ५१ मतको फराकिलो मत अन्तरले हराउँदै परिवर्तन पक्षधरका शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाले ६३ मत प्राप्त गरेका थिए भने कुवँरले १२ मत मात्र प्राप्त गरेका थिए । शेर्पासहित परिवर्तन पक्षधरको सबै प्यानल नै निर्वाचित भएका छन् । 
    संघको उपाध्यक्षमा पंकजविक्रम नेम्बाङ (६१), वीरबहादुर खड्का (३९), कृष्णबहादुर थापा (५२), उपेन्द्रमान सिंह (५८) मत प्राप्त गर्दै निर्वाचित भएका छन् । 
    यसैगरी सदस्यहरुमा दावा लामा (५६) निरोज खड्की (५२), पूर्णमान चित्रकार (५५), रविन्द्रनाथ श्रेष्ठ (४२), मधुसुधन उपाध्यक्ष (४८), प्रदेशसिंह राठोर (४८), दिनेश व्यञ्जनकार (५५), दीर्घबहादुर केसी (५५), किरण राई (५०), विजय घले (५३) र रत्नकुमार श्रेष्ठ ( ४८) निर्वाचित भएका छन् । निर्वाचनमा देशभरका ७५ जना एन्फा सदस्यहरुले मतदान गरेका थिए । 
    लामो समयदेखि निर्वाचन एन्फाको निर्वाचन हुन सकेको थिए । परिवर्तन पक्षधरहरुले निर्वाचनको माग गर्दै आएका थिए । फुटबलमा परिवर्तन हुनु पर्छ, सेन्डीगेटका रुपमा सञ्चालन गरिनु हुँदैन भन्दै उनीहरु निर्वाचनको माग गर्दैआएका थिए । एन्फालाई एकलौटी रुपमा सञ्चालन गरेको कारण फुटबलमा विकास हुन नसकेको उनीहरुको आरोप थियो । 
    चैत ४ गते निर्वाचनको मिति तोकिएको भए पनि मणि कुवँर पक्षधरले अदालतमा मुद्धा हालेका कारण निर्वाचन हुन सकेको थिएन । 
    यो जितलाई परिवर्तन पक्षधरले फुटबलको ऐतिहासिक जित भएको बताएका छन् । जितपछि नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल क्षेत्रलाई नयाँ आयम दिएर लैजाने प्रतिक्रिया दिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…