धुलावारी । झापामा रहेको मेचीनगर लेडी जेसीज यो वर्षको उत्कृष्ट शाखा भएको छ ।
जेसीज पूर्व अध्यक्ष समाज झापाको तेस्रो साधारणसभाको अवसर पारेर शनिवार चारआलीमा आयोजित कार्यक्रममा लेडी जेसीजलाई वर्ष उत्कृष्ट शाखाको रुपमा पुरस्कृत गरेको हो । वर्ष २०१७ मा गरेको गतिविधिको आधारमा मेचीनगर लेडी जेसीज उत्कृष्ट शाखा बनेको हो । वर्ष २०१७ मा शोभा श्रेष्ठ शाखा अध्यक्ष रहनु भएको थियो ।जिल्लामा रहेका १४ वटा शाखा मध्ये कार्य सम्पादनको आधारमा लेडी जेसीज उत्कृष्ट घोषणा भएको पूर्व समाजका जिल्ला उपाध्यक्ष विनोद वस्नेतले बताए । उनीहरुलाई पूर्व अध्यक्ष समाज झापाले नगद ११ हजार १ सय ११ र सम्मान पत्र सहित लेडी जेसीजलाई पुरस्कृत गरेको हो ।
लेडी जेसीजलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, समाजका जिल्ला अध्यक्ष छविलाल खतिवडाले पुरस्कृत गर्नु भएको थियो । उक्त सम्मान पत्र लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, वर्ष २०१८ कि अध्यक्ष सुनिता पनेरु, पूर्व अध्यक्ष टिका सुवेदी, सहसचिव कल्पना गुरगाई, तालिम संयोजक सविता पोखरेल र उपाध्यक्ष शान्ता सिटौलाले ग्रहण गर्नु भएको थियो । स्मरण रहोस यो शाखा गत वर्ष पुस महिनामा भैरहवामा सम्पन्न नेपाल जेसीजको ४४ औँ महाधिवेशनमा देशकै उत्कष्ट शाखाको रुपमा समेत पुरस्कृत भएको थियो ।