• डोटी । नेपाल पत्रकार महासंघ ७ नं. प्रदेश समितिको अध्यक्ष पदका सम्पन्न भएको निर्वाचनमा पत्रकार अर्जुन शाह बिजयी हुनु भएका छ ।

    ९ सय ९६ मतदाता रहेको प्रदेश नं. ७ मा ६ सय ६० मत खसेको थियो । जिल्ला जिल्लामा मतदान केन्द्र कायम गरी सम्पन्न भएको मतदान अनुसार बैतडीमा शाहले ३२ र जोशीले १३ पाए । यस्तै कैलालीमा शाहले एक सय, जोशीले ४३, कञ्चनपुरमा शाहले ७९, जोशीले ८९, र बाजुरामा शाहले २७ र जोशीले १८ मत पाएका छन् । यस्तै डोटीमा शाहले १८, जोशीले २२, डडेल्धुरामा शाहले २४, जोशीले ३४, अछाममा शाहले ५३, जोशीले २७, मत प्राप्त गर्नु भएको छ । बझाङ्गमा शाहले ३७, जोशीले चार, दार्चुलामा शाहले ९ र जोशीले ११ मत प्राप्त गर्नु भएको छ । दार्चुलामा १९ र अछाममा एक मत बदर भएका छन् ।

    अन्य पदहरुमा यस अघिनै निर्विरोध चयन भईसकेका छन् । उपाध्यक्षमा प्रेस सेण्टरका दुर्गाप्रसाद भण्डारी, महासचिवमा युनियनका योगेश रावल, महिला उपाध्यक्षमा चौतारीका चाँदनी आचार्य र खुला सचिवमा सेण्टरका करन ताम्राकार, समावेशी सचिवमा युनियनका प्रेम चुनारा र कोषाध्यक्ष नरेन्द्र भट्ट निर्विरोध भएका छन् । जनता टेलिभिजनका कैलाली सम्वाददाता भिम चौधरी सहित खुला तथा समावेशी सदस्यहरु पनि यस भन्दा पहिले नै निर्विरोध निर्वाचित भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…