झापा । जेसीज पूर्व समाज झापाको अध्यक्षमा विनोद बस्नेत निर्वाचित भएका छन् । शनिवार सम्पन्न समाजको तेस्रो साधारणसभाबाट वीरता जेसीजका पूर्व अध्यक्ष बस्नेत अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । बस्नेत नेपाल जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष समेत हुन् । झापा विर्तामोड निवासी बस्नेत युवा व्यवसायी हुन् ।
समाजको उपाध्यक्षमा भद्रपुर जेसीजका पूर्व अध्यक्ष रमेश प्रसाद पोखरेल, महासचिवमा चारआली जेसीजका पूर्व अध्यक्ष विष्णु रिमाल, कोषाध्यक्षमा अर्जुनधारा जेसीजका पूर्व अध्यक्ष इन्द्रवर खड्का र सचिवमा धुलावारी जेसीजका पूर्व अध्यक्ष ऋषीराज तिम्सिना सर्वसम्मत निर्वाचित भएका हुन् । सदस्यहरुमा बाहुनडाँगी जेसीजका बद्री निरौला, दमक जेसीजका नरेन्द्र बराल, बुधवारे जेसीजका सेमन्त पोखरेल, मेचीनगर लेडी जेसीजकी टिका सुवेदी, सुरुङ्गा जेसीजका कुमारमणि पोखरेल, कमलनगर जेसीजका रुपनारायण न्यौपाने, वीरता लेडीकी देवी खड्का, धुलावारी जेसीजका पुनित वंशल र वीरता लेडी जेसीजकी रजनी बजगाई सर्वसम्मत निर्वाचित भएका निर्वाचन संयोजक धुलावारी जेसीजका पूर्व अध्यक्ष गोपाल बस्नेतले जानकारी दिए ।