• काठमाडौं, २२ वैशाख । गृह मन्त्रालयको छानबिन अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ भारत हुँदै तेस्रो मुलुक पुग्न सक्ने अनुमान गरिएको छ ।

    सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलगुडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीले गरेका हुन् ।

    तस्करीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको समितिलाई बयान दिने क्रममा उप्रेतीसँग संलग्न रहेकाहरूले बताएका छन् ।

    उनको खोजीका लागि प्रहरीले इन्टरपोललाई जानकारी गराइसकेको छ । ३४ जना फरार अभियुक्तको खोजीका लागि प्रहरीका फरकफरक टोली खटाइएका छन् ।

    सुन ‘डन’ मानिने उप्रेतीसँग उनकी पत्नी निरू खरेल उप्रेतीले डिभोर्स दिने बताएको घटनाको विवरणमा उल्लेख गरिएको छ । मृतक सनमकी पत्नी सुनिल शाक्यले सनमको हत्या हुनुअघि भएका घटनाक्रमको विवरण बताउने क्रममा यस्तो खुलासा गरेकी हुन् ।

    उनले गृहको छानबिन समितिलाई दिएको विवरणमा भनेकी छन्, ‘सनमलाई प्रहरीले पक्राउ गरेछ, गोरे दाइ कहाँ छन् भनी निरुसँग सोधें, उनको मोबाइल नम्बर माग्दा गोरेसँग सम्पर्क नभएको धेरै भइसक्यो, म त अब गोरे आउनेबितिक्कै डिभोर्स गर्छु बरू तिमीसँग सम्पर्क भयो भने मलाई गोरेको नम्बर देऊ भनी फोन राखिन् ।’

    गोरेकी पत्नीको त्यस्तो उत्तर आएपछि आफन्तलाई बोलाएर पतिबारे बुझ्दा उनको हत्या भइसकेको थियो । उनका अनुसार सनम र उप्रेतीको संगत २०७२ सालदेखि भएको थियो । त्यसबेला सनमले प्रायः महिनाको ३० हजार रुपैयाँ घर पठाउने गरेको सुनिलले जनाएकी छन् । सनमले उप्रेतीसँग २०७४ को पुसदेखि नै संगत छाडेको पनि विवरणमा उल्लेख छ ।दैनिक नेपालमा समाचार छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…