• बिर्तामोड, वैशाख २२ ।

    नेपाल पत्रकार महासंघ प्रदेश १ को कार्यसमितिमा तीन ठूला सञ्चार संगठनको संयुक्त गठबन्धन विजयी भएको छ । नेपाल पत्रकार महासंघको मुलुक संघीय संरचनामा गएसँगै शनिवार ८ ओटा भौगोलिक र २ ओटा गैरभौगोलिक गरि १० ओटा प्रदेशमा ऐतिहासिक प्रथम प्रदेश कार्यसमितिका लागि निर्वाचन सम्पन्न भएको हो ।

    १० ओटै प्रदेशमा नेकपा (एमाले) सम्वद्ध प्रेस चौतारी नेपाल, नेपाली काँग्रेस सम्वद्ध नेपाल प्रेस युनियन र नेकपा (माओवादी केन्द्र) सम्वद्ध प्रेस सेन्टर नेपालले भागबण्डा गरि चुनावी मैदानमा उत्रेका थिए । जसका कारण सबै प्रदेशका अधिकांश पदहरुमा तीन ठूला संगठनसम्वद्ध पत्रकारहरु नै निर्वाचित भएका छन् ।

    पत्रकार महासंघ प्रदेश १ को अध्यक्षमा प्रेस चौतारी सम्वद्ध विक्रम लुइटेल विजयी भए । लुइटेलले ९३१ मत प्राप्त गरेभने अध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार गोपाल देवानले १६१ मत प्राप्त गरे । उपाध्यक्षमा प्रेस युनियनसम्वद्ध सोमनाथ सुवेदीले ९२३ मत प्राप्त गर्दै विजयी भए । उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वार विजय खतिवडाले १५६ मत प्राप्त गरे । महिला उपाध्यक्षमा प्रेस सेन्टरकी स्मिता निरौला विजयी भइन् । निरौलाले ६९७ मत प्राप्त गर्दा स्वतन्त्र मनिता चाम्लिङले २१० मत प्राप्त गरिन् ।

    महासचिव पदमा सेन्टरकै विवेक गौतम विजयी भए । गौतमले ८८४ मत प्राप्त गर्दा स्वतन्त्र कमन देवानले १९१ मत प्राप्त गरे । खुल्ला सचिवमा यसअघि नै सेन्टरकै हरिकुमार राई निर्विरोध निर्वाचित भइसकेका छन् । समावेशी सचिवमा प्रेस चौतारीका वुद्धवीर राई विजयी भए । राईले ९०० मत प्राप्त गरे भने स्वतन्त्र सन्तवीर लामाले १७७ मत प्राप्त गरे ।

    कोषाध्यक्षमा चौतारीकै अम्बिका भण्डारी यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् । खुल्ला सदस्यमा तीर्थ सिग्देल ९६९, डिल्लीराम खतिवडा ९४०, बुद्धिप्रसाद लामिछाने (विमल) ९३१, विपेन्द्र गौतम ९०० र शशी कोइराला ८६७ मतका साथ विजयी भए । स्वतन्त्र उम्मेद्वार फिपराज बेघाले १८७ मत पाए । यस्तै मधेशी सदस्यमा जयकृष्ण यादव ९०४ मत र ब्रम्हदेव यादव ९०८ मतका साथ विजयी भए । मधेशी सदस्य पदमा स्वतन्त्र उम्मेद्वार श्यामसुन्दर सुतिहारले १७७ मत प्राप्त गरे ।

    जनजाति सदस्य पदमा गणेश साम्पाङ र केशव लामा, महिला सदस्यमा रिता मोक्तान, तिलकुमारी शर्मा र रेजिना गौतम, दलित सदस्यमा सन्तोष रुचाल र अल्पसंख्यक सदस्यमा इकवाल अहमद निर्विरोध निर्वाचित भइसकेका थिए ।

    मूख्य तीन संगठन एकजुट भई गठबन्धन बनेपछि गठबन्धनका उम्मेद्वारहरुलाई निर्वाचित हुन समस्या थिएन् । तर, पूर्वमा संघीय समाजवादी फोरम निकट संघीय प्रेस फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय पत्रकार मञ्च लगायतले तीन ठूला संगठनले सिण्डिकेट लाधेको भन्दै विभिन्न पदमा उम्मेद्वारी दिएका थिए ।

    साना संगठनहरुले अपेक्षाकृत रुपमा पत्रकारहरुमाझ राम्रो पकड रहेको देखाउन सफल भएका छन् । मूख्य संगठनमै असन्तुष्टहरुले समेत उनीहरुलाई सहयोग गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…