• जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ।

    नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन् ।

    सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने साहले बताए । 

    बैशाख २८ बिहान भारत, बिहारको राजधानी पटनाबाट मोदी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका हुन् । 

    कुनै पनि मुलुकका प्रधानमन्त्रीलाई सम्भवतः पहिलोपटक काठमाडौंबाहिर नेपालका प्रधानमन्त्रीले स्वागत गर्न लागेका छन् ।

    मोदीलाई स्वागत गर्न काठमाडौंबाट जनकपुर आउने प्रधानमन्त्री केपी शर्मा ओली नागरिक अभिनन्दन सामारोहमा भने सहभागी हुने छैनन् । (नागरिक दैनिक)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…