• काठमाडौँ, वैशाख २३ गते । राजधानी काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आगामी साउन १ गतेदेखि लागू हुने गरी एकीकृत सम्पत्ति कर लगाउने तयारी गरेको छ । स्थानीयलाई करको दायरामा ल्याउने र सोहीअनुसारको सेवा सुविधा क्रमिकरूपमा प्रदान गर्दै जाने नीतिअनुसार नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाउने तयारी गरेको हो ।  नगरपालिकाका प्रमुख सन्तोष चालिसेकाअनुसार सम्पति कर, भूमि, घरबहाल, व्यवसाय, सवारी साधन कर, विज्ञापन, मनोरञ्जन, पार्किङ शुल्क, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क लगायतलाई एकीकृत गरी एकीकृत सम्पत्ति कर लगाउने तयारी गरेको हो । 


    अहिले नगरपालिकाले आर्थिक ऐन नगरसभाबाट पारित गरी कर सङ्कलनका काम गरिहेको छ । कर तिर्न दायित्व भएका व्यक्ति वा संस्थालाई करबाट छुट दिन नसकिने प्रमुख चालिसे बताउनुहुन्छ । संविधानले स्थानीय तहलाई आफैंले कानुन बनाउने र कार्यान्वयन गर्न सक्ने अधिकार दिएकाले नगरपालिकाले कानुन निर्माण गरी कर सङ्कलनको दायरा फराकिलो बनाउँदै लगेको हो । 
    उहाँले नगरपालिकमा चालु आर्थिक वर्षमा आर्थिक विकास, सामाजिक, पूर्वाधार, वातावरण तथा विपत व्यवस्थापनलगायतका शीर्षकमा करिब सातवटा योजना सञ्चालन गरिएको बताउनुभयो । वैशाखको तेस्रो सातासम्म करिब ६५ प्रतिशत योजना सम्पन्न गर्ने अन्तिम चरणमा पुगेको बताउनुभयो । नगरपालिकाले वैशाख तेस्रो सातासम्म ८० प्रतिशत योजना उपभोक्ता समितिसँग सम्झौता सम्पन्न गरिसकेको छ । 


    चालिसेले भन्नुभयो, ‘जेठको दोस्रो सातासम्म्म करिब ९५ प्रतिशत योजना सम्पन्न गरिसक्ने गरी नगरपालिकाले काम गरिरहेको छ । ’ 
    नगरपालिकालाई पाँच वर्षभित्र ऐतिहासिक, धार्मिक पर्यटकीय नगरपालिकाको रूपमा विकास गरी आम नगरिकलाई चिनाउने नीति नगरपालिकाले लिएको छ । नगरपालिका भित्र वाग्द्वार, उत्तरगया, गोकर्णेश्वर, बौद्धनाथ, सुन्दरी माई लगायतका धार्मिक क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिनेछ । 
    कुल नौवटा वडामा विभाजित गोकर्णेश्वर नगरपालिकाले स्थानीय सुशासनलाई उच्च प्राथमिकता दिएको छ । कार्यालयमा जनप्रतिनिधिहरूले कार्यालय समय अघि र पछि पनि सेवा प्रवाह गरिहेको र स्थानीय सेवाग्राहीले सुशासन कायम भएको महशुस गर्ने काम भइरहेको चालिसेले स्पष्ट गर्नुभयो । नगरपालिकाले योजना, नक्सा, शिक्षा, स्वास्थ्य, प्रशासनलगायतका सातवटा शीर्षकमा महाशाखा निर्माण गरी सेवा प्रवाह गरिगरेको छ । 


    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइरालाले सेवाग्राहीले अपनत्व महशुस गर्ने गरी नगरपालिकाकाले काम गरिरहेको दाबी गर्नुभयो । उहाँले नगरपालिकाले ‘हाम्रो नगरको सुशासन, गौरव र अस्तित्व, संस्कृति सरसफाइ र विकास निर्माणमा सबैको दायित्व’ भन्ने नारा तय गरी सोही अनुसारको काम गरिरहेको स्पष्ट गर्नुभयो । 
    उहाँका अनुसार नगरपालिकाले स्थानीय स्रोत र साधनमा आधारित भई जनसहभागितामा आधारित योजना सञ्चालन गरिरहेको छ । दिगो विकास, वातावरण संरक्षण र विपत व्यवस्थापन गर्ने नीति नगरपालिकाले लिएको छ । त्यस्तै खाद्य तथा पोषणको सुरक्षा, लैङ्गिक सशक्तीकरण तथा समावेशी विकास, बालमैत्री स्थानीय शासन, पूर्ण सरसफाइ ऊर्जा सङ्कट न्यूनीकरणलगायतका विषयलाई प्राथमिकत दिँदै काम गरिरहेको बताउनुभयो । 


    नगरपालिकाले सबै काम एकै पटक गर्न असम्भव हुने भएकाले क्रमिकरूपमा विकास गर्दै जाने नीति लिएको छ । नगरपालिकाले आवश्यकताअनुसार नगरकार्यपालिका बैठक बसी आवश्यक निर्णय गरेको उक्त निर्णयलाई नगरसभामा पेश गर्नुपर्ने अवस्था आए सोहीअनुसार काम गरिने कोइरालाले बताउनुभयो 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…