दमक/३३ किलो सुन काण्डका मुख्य नाइके मानिएका चुणामणि उप्रती (गोरे) का नगरका केहि ब्याक्तिहरु पर्ने सम्भावाना रहेको बताईएको छ । स्थानीय रुपमा चिनिएका र भिआइपीहरुलाइ समेत प्रहरीले निगरानी राखिरहेको श्रोतको दाबी छ ।
गोरेले स्थानीय नेता देखि यहाँ रहेका केहि ठूला ब्यापारीसंग उठबस गर्दै आएको खुलेकाले अब त्यसतर्फ समेत अनुसन्धान मोडिने अनुसन्धानमा संलग्न प्रहरी श्रोतले बताएको छ ।
प्रहरीले फेला पारेको गोरेको हिसावकितावको लेजरमा रहेका सबै नामहरुमा प्रहरीले अनुसन्धान बढाउने छ । गोरेले नगद तथा जिन्सि दिएको समेत टिपोट गरेको पाईएको छ प्रहरी श्रोतले भन्नुभयो ।
ससुराली कमल गाँउपालिका र घर उर्लाबारी भएकाले उनको दमकमा रहेका केहि ब्याक्तिहरुसंग पनि बाक्लो उठबस रहेको श्रोतको भनाइ रहेको छ । उनि प्राय आएर होटलमा नै भेटघाट गर्ने गरेको श्रोत बताउछ । उनि खान र बस्न शौखिन पनि रहेका थिए । सवाल नेपाल डटकममा समाचार छ ।