• दमक | आज आइतबार नेपाल प्रहरी र थ्री स्टार बिच तेस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।

     

    शनिबार भएको दोश्रो क्वाटरफाइनलमा आयोजक दमक ११ लाई ६-० ले हराउदै नेपाल आर्मी दमक गोल्डकपको सेमीफाइनलमा प्रबेश गरिसकेको छ ।

     

    आज हुदै गरेको पोल ए अन्तर्गतको तेस्रो क्वाटरफाइनलको बिजेताले सेमीफाइनलमा शसस्त्रको एपीएफ संग खेल्नु पर्ने छ ।एपीएफले क्वाटरफाइनलमा पुर्वको चर्चित टिम झापा ११ लाई हराएर आएको मदन भण्डारी एकाडेमीलाई हराएर सेमीफाइनलको यात्रा तय पक्का गरेको हो ।

     

    स्मरण रहोस केहि दिन पहिला इलाममा आयोजित चौथो अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको बिजेता थ्रीस्टार क्लब भएको थियो ।

     

    जम्मा १२ टिम सहभागी रहेको प्रतियोगिता बैशाख २८ गते सम्म चल्ने दमक गोल्डकपको विजेताले नगद रु १३ लाख ११ हजार र उपविजेताले नगद रु ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…