• काठमाडौं, २३ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कुनै बेला गृह मन्त्रालय हत्याउने दाउमा रहेका रोल्पाली नेता वर्षमान पुनले अन्ततः ऊर्जा मन्त्रालयको जिम्मेवारी पाए ।

     

    नेता रामबहादुर थापा बादल वैद्य माओवादीबाट माओवादी केन्द्रमा आएपछि बादल र रुकुमेली नेता जनार्दन शर्मालाई तह लगाउनका लागि सबै रोल्पाली माओवादीलाई समेटेर अभियान थालेका वर्षमानले रुकुमेली नेता जर्नादन शर्मालाई भने यो पटक तह लगाए ।

     

    अहिले भने कसैलाई तह लगाउने अभियानभन्दा पनि वर्षमानले नयाँ नीति अंगीकार गरेका छन् । उनले अब माओवादीका नामले चिनेका नेताहरूभन्दा किनेका नेताहरूको संरक्षण गर्ने नीति लिएको उनी निकट नेताले बताए ।

     

    वर्षमान निकट एक नेताले भने– ‘वर्षमान कमरेडले अहिले संगठनका मान्छे चिनेका मान्छेभन्दा पनि किनेका मान्छेलाई विश्वास गर्न थाल्नुभएको छ ।’

    वर्षमानले पार्टीको संगठनमा काम गरेका र संगठनको नाममा काम लिएर आउनेहरूको काम गर्न छोडेको धेरै माओवादी नेताहरूको अनुभव रहेको छ । संगठनमा लामो समय काम गरेकाहरूसँग सत्ता, शक्ति र पैसाको उपयोग गर्नेभन्दा बढी निष्ठा भएका कारण वर्षमानले चिनेका भन्दा किनेका उत्तम भन्ने रणनीतिमा लागेको बुझाइ माओवादीमा छ ।

    वर्षमानले आफू निकटका नेता कार्यकर्तालाई सधैं युद्ध लडेको माओवादीमा दुःख गरेको भन्दैमा नहुने भएकाले स्रोतको संकलन गर्न सक्ने तथा दुईचार जना नेता कार्यकर्तालाई पाल्न सक्ने नेता कार्यकर्ताहरूको संरक्षणमा लागेका छन् । वर्षमानको सो नीतिअनुसार स्रोतको संकलन गर्न सक्नेलाई आफ्नो राजनीतिक शक्तिको आडमा संरक्षण गर्दै अर्थआर्जन गर्ने रहेको छ ।

    माओवादी उच्च स्रोतका अनुसार ऊर्जामन्त्री भएपछि वर्षमानले आफू निकटहरूलाई खुलेआम स्रोतको परिचालन गर्न सक्ने सत्ता र शक्तिको आडमा अर्थ संकलन गर्न सक्ने नेता कार्यकर्ताको खोज्न निर्देशन नै जारी गरेका छन् ।

    पार्टीमा दुःख गरेका नेता कार्यकर्ताहरूमा लगानीमात्रै गर्नु पर्ने भएकाले स्रोतको परिचालन गरेर अर्थआर्जन गर्ने नेता कार्यकर्ताको खोजी नगरे राजनीति नजोगिने निष्कर्षमा वर्षमान पुगेको बताइएको छ ।

    अर्को भनेको वर्षमान अब रोल्पाका एकछत्र नेता हुने योजनामा छन् । उनको यो योजना करिबकरिब पूरा भएको छ ।

    कृष्णबहादुर महरा दाङबाट निर्वाचित भएको र सभामुख भएपछि र नन्दकिशोर पुन दोहोरिएर उपराष्ट्रपति भएपछि रोल्पामा एकछत्र नेता हुने सपना पूरा भएको छ ।

    वर्षमानले रोल्पाकै जयपुरी घर्तीलाई यो पटक मन्त्री बनाउने इच्छा राखेका थिए । तर पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफ्नी बुहारी बिना मगरलाई मन्त्री बनाएपछि उनले असन्तुष्टि जनाउँदै आएका छन्, देशान्तरमा उल्लेख छ  ।

    रोल्पाली नेताहरूको बैठकमा त वर्षमानले जयपुरी घर्तीजस्तो सहिद परिवारको मान्छेलाई मन्त्री बनाउन छोडेर बुहारीलाई मन्त्री बनाई अध्यक्षले आफ्नो गरिमा घटाएको टिप्पणी गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…