• मेचीनगर । जिल्लाकै नमुना बाल क्लबको रुपमा पुरस्कृत भएको बालकलयाण बाल क्लब मेचीनगर ५ को अध्यक्षमा गौरी गिरी निर्वाचित भएकी छिन् । 
    बालकल्याण माविमा रहेको उक्त बाल क्लबको आइतवार बालजागरण मञ्च मेचीनगरले आयोजना गरेको कार्यक्रममा गिरीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरिएको हो । गिरी क्लबकी  संस्थापक कोषाध्यक्ष हुन । 
    क्लबको उपाध्यक्षमा विदिशा विक र गंगा श्रेष्ठ, सचिवमा सलिना भुजेल, सहसचिव किरण संग्रौला, कोषाध्यक्षमा आइस्ना खत्री र सहकोषाध्यक्षमा मिसन पौडेल निर्वाचित भएका छन् । 

    २१ सदस्यीय कार्यसमितिको सदस्यहरुमा रोश्नी चम्लगाई, अनिला गिरी, सपना विक, एञ्जिला राउत, स्नेहा पुरी, अस्मि तामाङ, सप्पन बानियाँ, प्रकाश लिम्बू, झरना अधिकारी, मुस्कान श्रेष्ठ, सन्दिप कटुवाल, गिता अधिकारी, प्रशंसा राई र निजन फागो चयन भएका छन् । 
    यसैगरी क्लबको संरक्षक शिक्षकमा देबु बानियाँ तथा सदस्य शिक्षकहरुमा राजिप गिरी र अमृता चम्लगाई चयन भएका छन् । 
    बाल जागरण मञ्चका अध्यक्ष मणिकुमार लिम्बूको सभापतित्व तथा मेचीनगर ५ का वडा अध्यक्ष योगेन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण न्यौपाने, क्लबका संरक्षक शिक्षक देबु बानियाँ, विद्यालयका पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम पराजुली, वडा सदस्य नारायण खड्का, मञ्चका उपाध्यक्ष युवराज बजगाईलगायतले बोलेका थिए । बालकल्याण बाल क्लबकी कोषाध्यक्ष गौरी गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन मञ्चका सहसचिव युवराज दाहालले गरेका थिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…