• दमक, बैशाख २३
    झापाको दमकमा जारी दमक गोल्डकपको आईतबारकोे खेलमा नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबमाथि संघर्षपूर्ण जीत निकालेको छ । पुलिसले थ्रीस्टारलाई एक शुन्यले हराएको हो ।

    खेलको पहिलो हाफ गोल रहित वरावरीमा सकिएको थियो । दोश्रो हाफमा पुलिसका जर्सी नं. ८ का अभिशेक रिजालले गरेको गोलनै खेलको निर्णयक बन्यो । सो पछि समेत पुलिसले गोलका मौका पाए पनि सदुपयोग गर्न सकेन । थ्रीस्टारले पनि गोल गर्ने केहि मौका चुकाएको थियो ।

    खेलमा विजेता पुलिसका किरण चेम्जोङ् म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे ।
    बैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागीता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले बताए ।

    गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख रुपैया प्राप्त गर्ने छ । गोल्डकपमा सोमबार सरस्वती क्लब र मनाङ् मस्र्याङ्दी विच प्रतियोगीता हुने खेल संयोजक भिमराज केसीले जानकारी दिएका छन् । गोल्डकप दमक नगरपालिका, नगरखेलकुद विकास समितिले आयोजना गरेको हो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…