• नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीमा तीन नेतालाई मनोनयन गरेसँगै सो पार्टीभित्र विवाद थप चुलिएको छ ।

    नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले देउवाले विधान विपरित निर्णय गरेको भन्दै चर्को आलोचना गरेका छन् । देउवाको निर्णयसँगै सिटौला र पौडेल विरोधमा एक ठाउँमा उभिएका छन् ।

    नेता कृष्ण सिटौला देउवाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले राजतन्त्र गएपनि देउवा नयाँ राजा बन्न खोजेको आरोप लगाए ।

    पदाधिकारी मनोनयपछि असन्तुष्ट सिटौंलाको धारणा उनकै शब्दमा

    आजको परिस्थितिमा सभापतिजीले निर्णय गर्दा विधानसम्मत र पार्टीभित्र समझदारीको आधारमा निर्णय लिन सक्नुपथ्र्यो । त्यो नगरेर उहाँले ठूलो गल्ती गर्नु भएको छ । मलाई के लाग्यो भने उहाँले एकलौटी ढंगले पार्टीलाई पेलेरै लान खोज्नु भएको फिल भएको छ । यसले पार्टीभित्र साथीहरुको मनोबल अरु गिराउने सम्भावना बढाएको छ । यसबारे म धेरै गम्भीर र चिन्तित छु ।

    आजको दिनमा पार्टीभित्र व्यापक सहमति र समझदारी र एकता आवश्यक हो । बचेखुचेको एकता पनि टुटाउने गरी पार्टीभित्र थप अविस्वास र पारस्परिक सन्देश खडा हुने खालको निर्णय हो यो ।

    पदाधिकारी को व्यक्ति पर्ने नपर्ने भन्ने कुरा ठूलो भएन महाधिवेशनबाट निर्वाचित हुनेमध्येबाट नै पर्ने हुन् । प्रस्ताव राख्ने पनि सभापति कै कुरा हो । तर, यो काम उहाँले महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गर्न सक्नुपथ्यो। अहिले २ वर्षपछि त्यो पनि निर्वाचनपछिको पराजयको अवस्थामा पार्टीलाई मिलाएर लिएर जानुपर्नेमा त्यो व्यवहार उहाँबाट देखिएन ।

    सभापतिको यस्तो हर्कतले पार्टीभित्र थप क्षति हुन्छ भन्ने मलाई लाग्छ ।

    अहिले म काठमाडौं बाहिर भएकाले अब के गर्ने भन्नेमा काठमाडौं फर्किसकेपछि पार्टीका केन्द्रीय साथीहरु सबैसँग छलफल गरेर कसरी पार्टीभित्र नयाँ सुरुवात भन्ने तय गर्छौ ।

    विगतमा सभापति सुशील कोइराला हुँदा उहाँले समयमै प्रस्ताव राख्नु भएको थियो तर समझदारीबाट निर्णय हुन समय लाग्यो । उहाँ सभापति हुँदा शेरबहादुरजी हार्नु भएको थियो । सुशील कोइरालाले जति निर्णय गर्नुभयो सहमति र समझदारीको आधारमा गर्नु भएको थियो । एउटा सफलताको परीणाम पनि निकाल्नु भएको थियो ।

    पार्टीको सफलता पार्टीभित्रको एकताले निर्भर गर्छ । एकता तोड्दै जाने हो भने यसले पार्टीभित्र ठूलो क्षति निम्त्याउँछ भन्ने मलाई लाग्छ । उहाँले पछिल्लो दिनमा पेलेरै जान खोजेको जस्तो देखिन्छ ।

    चुनाव समिक्षा भनेर बोलाइएको बैठक निकै लामो भए तर आएका विचारहरुलाई जोडेर एकताबद्ध पार्ने निर्णय गर्नु भएन । उहाँले महामन्त्रीलाई प्रस्ताव लेखेर पढ्न लगाउनु भयो र पारित भयो भन्नुभयो कसैलाई टिप्पणी पनि गर्न दिनुभएन ।

    कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा निर्णय गराउने तरिका नै गलत भयो । अहिले पनि पदाधिकारीहरु उहाँले जसरी मनोनय गर्नु भयो त्यो विधानसम्मत र विवादरहित ढंगले गर्न सक्नु भएन । जवकी विधानका केहि धाराहरु निलम्बन गरेर विधानसम्मत पनि बनाउन सकिन्थ्यो र समझदारीबाट पनि टुंग्याउन सकिन्थ्यो ।

    मनोनयनबाट कोहि त्यो पदमा पुग्नु ठूलो कुरा भएन तर पार्टीका नेताहरुको भावनालाई जोड्न सक्ने या नसक्ने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ । त्यसकारण राजतन्त्र त गयो तर सभापति आफैं नयाँ राजा हुन खोजेको जस्तो पार्टीमा भयो । हरेक कुरामा इश्युबेस पोलिटिक्स गर्नुपर्छ भन्ने मेरो मान्यता हो । व्यवहारिक भन्दा मूल्यमा आधारिक राजनीति गर्नु पर्छ भन्ने मान्छे हुँ । सैदान्तिक र नीतिगत पक्षलाई नै छाडेर राजनीति गर्नुको अर्थ छैन । त्यसले न पार्टी बन्न सक्छ न पार्टीले देशलाई योगदान पुर्याउन सक्छ ।

    पार्टीभित्रको विवादमा शेरबहादुरजीले गल्ती गरेको कुरालाई गल्ती नै भन्नुपर्छ । उहाँले ठूलो गल्ती गर्दा रोक्ने प्रयास पनि गर्नुपर्छ । देउवाले पदाधिकारी मनोनयनमा साच्चै गर्नु भएको छ र त्यसमा सायद रामचन्द्र पौडेलजी र मेरो कुरा यो सन्दर्भमा मिल्न सक्छ । तर, मिल्न सक्छ भन्दैमा राजनीतिक रुपमा उहाँले जे भन्नुहुन्छ त्यै मान्छ भन्नेृ या मैले जे भन्छु उहाँले मान्नुहुन्छ भन्ने होइन । इश्युबेसमा हामीबीच सहकार्य हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…