• दीप लिम्बू

    मलेसिया ,मई ६ ।नेपाल अादिवासी जनजाति पत्रकार महासंघ मलेसियाको शाखा ( फोनिज) गठन भएको छ। अाईतबार राजधानी क्वलालाम्पुर स्थित होटल द फाईभ ईलेमेन्टको सभाहलमा सुनाखरी मगरको अध्यक्ष्तामा उपाध्यक्ष दिप खादि लिम्बू, सचिव अार एन चौधरी थारु,सहसचिव ईसा राना ,कोषाध्यक्षमा अर्पण मगर "बुद्ध " सदस्यहरूमा पासाङ तामाङ ,सविन राई,सोनम नोर्वु तामाङ,संतोष योञ्जन ,बेघ अाले मगर साथै सल्लाहकारमा पत्रकार बिपेन राई , बिपेन उलंघे र व्यवसायी दिल कुमार केरुङ सहित ११ सदस्यीय समिति चयन गर्दै पहिलो अधिवेशन सम्पन्न भएको हो। आदिवासी जनजाति महासंघ मलेसियाको सह प्रायोजन तथा संचालन पत्रकार दिप लिम्बू द्वारा सम्पन्न भएको उक्त अधिवेशनमा प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संगठन सचिव मिलन लिम्बू अतिथिहरु लिम्बूवान पत्रकार संघका अध्यक्ष देबेन्द्र खापुङ साथै गायक राजन राई रहनुभएको अधिवेशनमा पत्रकार अार एन चौधरीले स्वागत मन्तव्य राखेका थिए।

    आदिवासी जनजाती समुदायहरुको माग मुद्दा लाई राज्यका मुलधार मिडियाहरु ले स्थान नदिदा आदिवासी जनजातिहरु ले सन्चारको बिकल्प छुट्टै पत्रकार सङठनको महसुस गरेर मलेशियामा साखा बिस्तार गरिएको अध्यक्ष सुनाखरी मगरले बताउनु भयो। अधिवेशन अवधिमा मलेसियामा लामो समय देखि पत्रकारिता गरिरहेका पत्रकार अार सि गिरी ,व्यवसायी दिल कुमार केरुङ,ईन्द्र लिम्बू ,नेपाल अादिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पिटी सेर्पा ( पिनासा) ज्यु ले मन्तव्य राख्नु हुँदै नव निर्वाचित पदाधिकारी हरुलाई शुभकामना दिनु भएको थियो।

    अधिवेशन सम्पन्न गराउनका लागि एभरेस्ट किचन रेस्टुरेन्ट ,परदेशी रेस्टुरेन्ट ,मण्डला रेस्टुरेन्ट ,लोजिना रेस्टुरेन्ट ,काठमाडौं रेस्टुरेन्ट साथै विभिन्न संघसंस्था तथा पदाधिकारी हरुको सहयोग रहेको थियो। यसै कार्यक्रम बिच पत्रकार तथा लेखक देबेन्द्र खापुङको कृति " मलेसियामा नेपाली साहित्य " को पनि विमोचन भएको छ। लामो समय सम्म मलेसियाको वसाई पश्चात् स्वदेश फर्किएका खापुङले मलेसियामा रहदा खोजअनुसन्धान गरि त्यहका यथास्थिति ,नेपालीहरूको अवस्था , साहित्य सिर्जना विधागत रुपमा रहेको ११२ पेज लामो पुस्तक विमोचन गर्नुभएको हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…