• ललितपुर, वैशाख २३ गते । विदेश गएर लाखौं खर्च गरेर स्तन क्यान्सरको उपचार गर्न झन्झट गर्नु नपर्ने भएको छ । अब स्वदेशमै यो सेवा उपलब्ध भएको छ ।
    नेपाल क्यान्सर अस्पतालले उपचारको नयाँ विधि भित्र्याएपछि स्वदेशमै स्तन क्यान्सरको उपचार गर्न सकिने भएको हो । विगतमा क्यान्सरपीडित स्तनलाई केमोथेरापी र रेडियोथेरापीबाट उपचार गरिन्थ्यो । उपचार असम्भव भए स्तनलाई काटेर सर्जरी गरिन्थ्यो । 
    नयाँ प्रविधि अनुसार ‘अन्कोप्लाष्टिक सर्जरी’ले क्यान्सर भएको स्तनको ट्युमरलाई फालेर पुरानै आकारमा ल्याउने गरिन्छ । स्तनलाई नारी सौन्दर्यको अभिन्न अङ्ग मानिन्छ । त्यसैले पनि क्यान्सर भएको स्तनलाई यथावत राखेर उपचार गर्नु अतिआवश्यक भएको डा. प्रफुल्ल शाक्यले जानकारी दिनुभयो ।
    केमोथेरापी, रेडियोथेरापी र प्लाष्टिक सर्जरीभन्दा भिन्न रूपमा गरिने यस विधि नेपालमा केही महिनादेखि शुरु भएको हो । हालसम्म ५३ जनाले सेवा लिइसकेका छन् यो सेवा नेपालमा ४० हजारदेखि ६० हजार रुपियाँमा उचार भइरहेको डा. शाक्यले जानकारी दिनुभयो ।
    यस उपचार विधिमा क्यान्सर रोग निको हुनाको साथै विरामीको चाहना अनुसार स्तनको आकार सानोठूलो पार्ने गरिएकाले विरामीले सामान्य जीवनमा सहजै फर्कन सक्छन् । अन्कोप्लाष्टिक सर्जरी भएकाले यो उपचार विधिमा स्तनमा घाउको खाटा नदेखिने पनि उहाँले जानकारी दिनुभयो ।

     

    यसैबीच, हिजो शनिबार यस विधिबारे लन्डनस्थित सेन्ट जर्ज विश्वविद्यालय अस्पतालका अन्कोप्लाष्टिक विज्ञ डा. दिवेश बेनर्जीले अन्कोप्लाष्टिक सर्जन र प्लाष्टिक सर्जनहरुलाई तालिम दिनुभएको थियो ।

    अन्कोप्लाष्टिक सर्जरी उपचार विधि अदानप्रदानले नेपाल र बेलायतबीच नयाँ मित्रता कायम हुनसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
     डा. सुदिप श्रेष्ठका अनुसार नेपालमा स्वास्थ्य शिक्षाको कमी र हेरचाह गर्ने वानीका कारण महिलामा स्तन क्यान्सर बढिरहेको छ । स्तन क्यान्सर नेपालमा दोश्रो ठूलो र शहरी इलाकामा पहिलो क्यान्सरको रूपमा देखा परेको छ । स्तन क्यान्सरबारे चिकित्सक सेवा लिनुभन्दा अगाडि महिला स्वय्मले थाहा पाउन सक्छन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…