• २०७५ बैशाख २३ आइतवार- By:Ratokalam

    काठमाडौं । सानो पूँजीबाट झोल ममको व्यवसाय सुरु गरेका नबराज ढकालले मनग्य आम्दानी गरिरहेका छन् । रातोपुलमा झोल ममको परिकल्पना गरेर सुरु गरेका ढकाल ममबाट अहिले सफल व्यवसायीको रुपमा परिचित पनि बनेका छन् । ममबारे धेरै खोज अनुसन्धान गरेका उनले सुरुका दिनमा राम्रो टेष्ट दिनका लागि सय वटा भन्दा बढि पसलमा मम खाएका छन् । तर त्यहा भन्दा भिन्न र मिठो टेस्ट दिन लागेका उनको झोल मम छोटो समयमा नै ग्राहकको ज्रिवोमा मिठो स्वाद बन्यो ।

    र यतिवेला झोल मम ग्राहकलाई दिन उनलाई भ्याई नभ्याई छ । बोसो रहितको झोल मम दिएका उनले ग्राहकबाट धन्यवाद पनि पाएका छन् । मिठो मम खुवाउनुभयो भन्दै ग्राहकहरु खुशी भएर जानुहुन्छ,ढकालले भने ।

    उनले हाल दैनिक ३ सय प्लेट मम बेच्ने गरेको बताउछन् । अहिले उनको ममको स्वाद बजारभरि फैलिने क्रममा छ । उनको शाखाका रुपमा बिभिन्न ठाउँमा खुल्ने क्रम छ । उनले थुप्रैजनालाई रोजगारी पनि दिएका छन् । वैदेशिक रोजगारी गएर काम गरेपनि सोचे जस्तो आम्दानी नभएपछि उनले स्वदेशमै मेहनत परिश्रम गरिरहेका हुन् । नबराज भन्छन्‘मेहेनत गरे स्वदेशमै कमाउन सकिने रैछ । ’तर अथक परिश्रम भने चाहिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…