• काठमाडौं । चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार संचालन हुने भएको छ । गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार संचालन हुने भएको हो । त्यसका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइसकेको लगानीकर्ताले बताएका छन् ।

    शिवपुरीमा केबलकार बनाउन शिवपुरी केबलकार एन्ड इको टुरिज्म कम्पनी दर्ता गरिएको कम्पनीका अध्यक्ष इन्द्र लामाले बताए ।

    केबलकार संचालनका लागि सम्भाब्यता अध्ययन समेत भइसकेको उनले बताए । कम्पनीमा एक सय ३२ जना प्रवद्र्धक रहेका छन् ।

    केबलकारको आधार स्टेसन गोकर्णेश्वर नगरपालिका–५ स्थित थानेडाँडामा रहनेछ । अन्तिम स्टेसन भने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुन्ज बनभित्रको मुलाबारीमा पर्ने अध्यक्ष लामाले बताए । (नागरिक दैनिक)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…