• सल्लेरी, सोलुखुम्बु। सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ। सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिए।

    सगरमाथा आधार शिविरदेखि क्याम्पचारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन्। अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको आरोही तामाङले बताए।

    आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी० ले निर्माण गरेको छ भने क्याम्प दुईदेखि चारसम्मको बाटो विभिन्न ट्रेकिङ कम्पनीले निर्माण गरेका हुन्। 

    मौसम रिपोर्टअनुसार मे ५ देखि ८ सम्म छ हजार माथि अत्यधिक हावा चल्ने भएकाले अहिले अधिकांश आरोही सगरमाथा आधार शिविरमा झरेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए।

    आरोही हाईअल्टीच्यूट पचाउनको लागि सबैभन्दा पहिला क्याम्प चारसम्म पुग्ने र पुनः आधार शिविरमा फर्केर आराम गरिसकेपछि सगरमाथाको चुचुरोमा जाने गर्छन्। क्याम्प चारदेखि माथि चुचुरोसम्मको बाटो कुन माउण्टेरिङ गाइडले निर्माण गर्ने भन्ने विषयमा अझै छलफल भइरहेको स्रोतले जनाएको छ। 

    क्याम्प चारदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँगिसकेपछि धमाधम आरोहण गरिन्छ। पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले अनुमति लिएका छन्। 

    सगरमाथा आरोहणका लागि ३४ वटा विदेशी समूहका ३२६ जना र चार वटा नेपाली समूहका २० जना आरोही रहेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए। पर्यटन विभागको तथ्यांकअनुसार चार वटा नेपालीका २० जना आरोहमध्ये १५ जना महिला छन्। 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…