• दमक । दमकमा जारी दमक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज दावेदार मनाङ मस्र्याङ्दी क्लब र सरस्वती युथ क्लब भिड्दै छन् ।

    दमकस्थित दमक बहुमुखी क्याम्पसमा दिनको ३ बजेदेखि शुरु हुने आजको खेलपछि सेमिफाइनल समिकरण समेत पूरा हुनेछ । बाई पाएर सोझै क्वाटरफाइनलमा भिड्न लागेका मनाङ र सरस्वतीबीचको विजेता टोलीले बुधबार दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

    गत सिजन खासै ठोस प्रदर्शन गर्न नसकेको मनाङले यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छ । उता सरस्वती पनि काठमाडौं कै क्लब भएकोले उसले पनि ए डिभिजन स्तरीय खेलाडी नै उतार्ने र मनाङलाई कडा चुनौति पेश गर्ने अनुमान गरिएको छ ।

    के मनाङले जितका साथ प्रतियोगिताको शुरुवात गर्ला त ? कति होला त आजको नतिजा ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…