• देबु बानियाँ
    धादिङ । नेपाल जेसीजले धादिङ र सिन्धुपाल्चोक जिल्लामा खानेपानीको व्यवस्थापन गरिदिने भएपछि यतिबेला यहाँका बासिन्दाहरुमा खुसीयाली छाएको छ । 
     २०७२ सालको भूकम्पले खानेपानीको मुहान भत्काएपछि खानेपानीको समस्या झेल्दै आएका यि जिल्लाका करिव २ सय परिवारका लागि नेपाल जेसीजले खानेपानीको व्यवस्थापन गर्न लागेको हो । 
       जेसीजको सामाजिक विकास कार्यक्रम अन्तर्गत यी जिल्लामा एक महिनादेखि काम सुरु गरिएको छ । जसमा धादिङमा बोरिङ र सिन्धुपाल्चोकमा खानेपानी ट्याङकीको निर्माण कार्य एकै साथ सुरु गरिएको हो । करिब २५ लाख लागत लाग्ने अनुमान गरिएको उक्त परियोजना अबको २ महिनभित्रमा सम्पन्न गरिसक्ने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर श्रीधर बस्यालले बताउनु भयो । अध्यक्ष बस्यालका अनुसार यो परियोजना निर्माणपछि यस क्षेत्रका २ सय परिवारलाई प्रत्यक्ष फाइदा पुग्नेछ । जसका निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 
        निर्माणधिन आयोजनाको अनुगमन तथा निरिक्षण गर्नुहुँदै अध्यक्ष बस्यालले भूकम्प प्रभावित २ जिल्लामा सञ्चालन भएको आयोजनाको प्रगति सन्तोष जनक रहेको बताउनु भयो । धादिङ जिल्लाको धुनेबेसी स्थित बेलडाँडा र पुरानो डाँडाका करीब २ सय परिवारको लागी खानेपानी उपलब्धता गराउन सञ्चालन भएको खानेपानी आयोजना डिप बोरिङबाट पानी आउन सुरु भएको छ । ६० मिटरको गहिराइबाट पानी आउन सुरु भएको नेपाल जेसिजको सचिवालयले जनाएको छ ।   आयोजनालाई दिगोपना बनाउन अझै गइराईमा पु¥याएर मात्रै पानी उपभोक्ता माझ लैजाने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…