• विर्तामोड । धेरैले आफ्नो वैवाहिक वर्षगाँठमा घुम्न जान्छन् । रमाइलो गर्छन । तर, भद्रपुरका रमेशप्रसाद पोखरेलले आफ्नो विवाहको वर्षगाँठमा नेपाल पत्रकार महासंघ झापाद्धारा सञ्चालित पत्रकार उपचार कोषलाई सहयोग गरेका छन् । 
    पोखरेलले विवाह भएको २५ वर्षको अवसर पारेर सोमवार विहान नेपाल पत्रकार उपचार कोषलाई २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । पोखरेलको २५ वर्ष अघि बिमला घिमिरेसँग विवाह भएको थियो । 
    सामाजिक क्षेत्रमा क्रियाशील पोखरेल भद्रपुर जेसीजका पूर्व अध्यक्ष, जेसीज पूर्व अध्यक्ष झापाका उपाध्यक्ष, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सचिव हुन् । पोखरेल लेखापढी व्यवसायी हुन् । लेखापढी व्यवसायीका जिल्ला अध्यक्ष हुँदै हाल उनी केन्द्रीय सदस्य छन् । उनी दर्जनौँ सामाजिक संघ संस्थामा आवद्ध छन् ।
     विर्तामोडमा आयोजित कार्यक्रममा पोखरेलले नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सहसचिव केवश भट्टराईलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपाल बस्नेत, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नैनाकला भट्टराईलगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…