• भरतपुर।  चितवनमा कुनै कार्यक्रम आयोजना भए त्यसको प्रमुख अतिथिमा पहिलो नाम आउँछ– माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको। अहिले उनी जिल्लामा साझा र सजिलो नेताका रूपमा परिचित छन्। निम्त्याएपछि सजिलै स्वीकार गर्ने र राष्ट्रिय प्रभाव पनि दह्रो भएका नेताका रूपमा प्रचण्डलाई लिने गरिएको छ। जिल्लामा हुने सानादेखि ठूला कार्यक्रममा दाहाल आउने गरेका छन्।

    आफ्नो निर्वाचन क्षेत्रलाई लक्ष्य गरेर पनि उनले आगमन बढाएका हुन्। चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि जिल्लामा उनको दौडधुप निकै बढेको छ। विद्यालयको वार्षिकोत्सवदेखि संघसंस्थाका साधारणसभामा सम्बोधन र उद्घाटनमा दाहाल बढी व्यस्त हुने गरेका छन्। यसअघि जिल्लास्तरकै नेता सहभागी हुने कार्यक्रममा पनि दाहालको सहभागिता बढेको छ।

    प्रचण्ड चितवन आउँदा विभिन्न पक्षसँग अन्तरक्रियासमेत गर्दै आएका छन्। कतिपय अवस्थामा उनी सातामा दुई पटकसम्म जिल्ला आउने गरेका छन्। ‘ राष्ट्रिय कार्यक्रममा आउँदा पनि अलि बढी चितवन आएको हो कि भनेर केन्द्रमा चर्चा हुन्छ’, दाहालले भने, ‘जिल्लामा आउनुको मेरो उद्देश्य विकास योजना बनाउनेसँग सम्बन्धित छ।’ वैशाखमा मात्रै एक सातामा दुई पटक आए।

    ६ महिनामा उनी २५ पटकभन्दा बढी आउजाउ गरे। ‘म रिल्याक्स गर्न चितवन आएको होइन। हरेक पटक कुनै न कुनै ठाउँ पुगेर विकासको सम्भाव्यताको अध्ययन गरेको छु’, दाहालले भने, ‘ मध्यभागमा रहेको चितवनलाई समातेर देशकै लागि विकासको मोडेल तयार गर्न मेरो ध्यान केन्द्रित छ।’अन्नपूर्ण पाेस्ट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…