• काठमाडौं, वैशाख २४ ।  राष्ट्रिय पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरेको छ ।

    तीन वर्षअघि देखि सरकारले यो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो । दिवसका अवसरमा सरकारले वरिष्ठ सञ्चारकर्मीहरुलाई सम्मानसमेत गर्दै छ ।

    सरकारले यो वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ ईमेज च्यानलका समाचार प्रमुख डा. महेन्द्र विष्ट र पत्रकार डा. राजेश अहिराजलाई प्रदान गर्नेभएको छ । डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन ।

    यस्तै, वरिष्ठ पत्रकार सम्मान २०७४ पत्रकारहरु बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।

    राष्ट्रिय पत्रकारिता दिवस २०७५ को अबसरमा आज राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीले पुरस्कार प्रदान गर्नु हुनेछ । पुरस्कारको राशी जनही दुई लाख रुपैंयाँ रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…