• कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नं ६ मुलगाउँकी फुलमाया लिम्बुको नागरिकता बन्ने भएको छ । एकसाता अघि हङकङमा रहेका पत्रकार अनोज रोक्काले आफ्नो फेसबुक वालमा पिडित फुलमायाको दर्दनाक अवस्थाको बारेमा तस्बिर र सम्बन्धित सवैलाई आग्रह गरेको पोष्ट सार्वजनिक भएलगत्तै सवै पक्षबाट चासो र सहयोगहरु जुटेका थिए । हङकङबाट अनोज, भावना मलेसियाबाट अर्जुन, विक्रम, दिपक, बिनोद, साउदि अरेवियाबाट ईन्द्र, बहराईनबाट जिवनाथ, काठमाडौबाट पवित्रा, ह्यारी लगायतका युवाहरुले आर्थिक सहयोग संकलन गरेका थिए । छागेनी आमा उद्धार अभियानका लागि नेपालबाट सिहंबहादुर तामाङले नेतृत्व गरिरहेका छन् । अहिलेसम्म ८० हजार लगभग रकम संकलन भईसकेको छ भने, फुलमायाँलाई आवश्यक कपडा, खाद्यान्न, भाडा लगायतका सामाग्री प्रदान गरिसकिएको छ, भने शौचालय र ट्युवेलका लागि काम भईरहेको छ । स्थानिय हस्तिनापुर समाजसेवा क्लबबाट बृद्ध फुलमायाको छाना फेरिएको छ, भने पत्रकार तथा शिक्षाप्रेमी दिनेश सुब्बाबाट नगद तथा संसारैभरि छरिएर रहेका मनहरुबाट सहयोग रकम प्राप्त भईरहेको सिहंबहादुरले बताए । फुलमायाँ बचाउ अभियान अन्र्तगत थालिएको सहयोग रकम क्षणिक मात्र थियो, उनको समस्या स्थाईरुपमा हल हुनका लागि नागरिकता र उनले पाउँने सरकारी सेवाहरु नै हुन् । फलत नागरिकताका लागि सम्पूर्ण विधि र प्रक्रिया सम्पन्न गरिसकिएको छ । अव उनले चाँडै नागरिकता पाउँछिन भने सरकारले उपलब्ध गराएको अन्य सुविधा पनि । ७५ बर्षिय फुलमाया श्रीमानको मृत्युपछि एक्लो जीवन विताईरहेकी छिन् । एक छोरीको मानशिक सन्तुलन गुमेको र अर्को छोरीको अतोपत्तो नभएसँगै गरिबीको पिडामा पिल्सिएकी उनको उद्धार भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…