• विराटनगर/ पण्डित श्रीनिवास आचार्य माथी गोली प्रहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    गत चैत २५ गते मध्यरातमा आचार्यकै निर्देशनमा गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुले आचार्यकै निर्देशनमा गोली हानेको बयान दिएका छन् । प्रहरीले श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–४ बेल चोकका २९ बर्षिय माधव चौधरी र नवलपरासी गैठाकोट नगरपालिकाका वडा नं ५ का ३२ बर्षिय सन्तोष भन्ने लक्ष्मीराज अधिकारी छन् । चौधरीले आचार्यलाई गोली प्रहार गरेका हुन् । पक्राउ परेका माधवले श्रीनवासकै निर्देशनमा गोली प्रहार गरेको बयान दिएका छन् ।

    आफैलाई गोली हान्न लगाएका श्रीनिवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीनवासलाई काठमाण्डौ गौसालाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु विरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गराएर अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…