• < विराटनगर, २४ बैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका विराटनगर महानगरपालिका सदस्य कमलबहादुर खत्री (नेपाल) ले पार्टी परित्याग गर्नु भएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नु भएको हो । उहाँले सामान्य नागरिक सरह स्वतन्त्र पूर्वक रुपमा जीवन यापन गर्दै नेपालको कानूनलाई आत्मसाथ गरेर अघि बढ्ने विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । नेपालले पार्टीको सदस्य भए पनि अहिले सम्म पार्टीका नाममा भएका कुनै पनि अराजक र उसृङखल गतिविधीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ । उहाँलाई पार्टीको सदस्य भएकै कारण स्थानीय तह निर्वाचनका बेला गत असार १४ गते र प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका बेला कात्तिक २८ गते प्रहरीले घरैबाट पक्राउ गरेर हिरासतमा राखेको थियो । उहाँ विरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेको थियो । अहिले पनि नेपालले त्यही मुद्धाको तारेख खेपीरहनु भएको छ । नेपालले अहिले सम्म कुनै पनि गलत गतिविधीमा आफ्नो संलग्नता नभएको स्पष्ट पार्दै भन्नु भयो, ‘पार्टीले राम्रै गर्ला भनेर समर्थक बनेको थिएँ । पछिल्लो समयका गतिविधी जन विरोधी हुँदै गएको पाएँ ।’ 

     
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…