• दमक ।​ झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको सोमबारको खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । उसले सरस्वती फुटबल क्लब काठमाडौंलाई ५–० गोलले पराजित गर्यो ।
    दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा मनाङका लागि सुजल श्रेष्ठले २ तथा विमल बस्नेत, तिर्थ बस्नेत र सुबास गुरुङले एक–एक गोल गरेका थिए । खेलको ४९ औं मिनेटमा सुजलले पहिलो गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा विमलले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । ८५ औं मिनेटमा तिर्थ बस्नेतले तथा लगत्तै ८६ औं मिनेटमा सुवासले गोल गर्दै मनाङको अग्रता ४–० अवस्थामा पुर्याएका थिए । खेलको इन्जुरी समयमा पुनः सुजलले गोल गर्दै मनाङको जित ५–० ले सुनिश्चित गरे ।

     पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । १३ औं मिनेटमा मनाङका सुजलले गरेको प्रहार सरस्वतीका गोलकिपर अशोक बरालले पञ्च गरेर बचाएका थिए । ३६ औं मिनेटमा सुजलकै प्रहार सरस्वतीका डिफेण्डरले क्लियर गर्दै गोल हुनबाट जोगाएका थिए । ५५ मिनेटमा बिमल बस्नेतको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएपछि मनाङले खेलमा दोब्बर हुने अवस्था गुमाएको थियो । ७७ औं मिनेटमा हेमन गुरुङको क्रस पासलाई सुजलले गोलपोस्टको दिशा दिन सकेनन् ।

    खेलमा दुई गोलकर्ता सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया प्राप्त गरे । प्रतियोगितामो मंगलबारदेखि सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । गोल्डकपको पहिलो सेमिफाइनलमा मंगलबार नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले नगद ६ लाख ११ हजार रुपैया प्राप्त गर्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…