• विर्तामोड । सामाजिक क्षेत्रमा एकपछि अर्काे नयाँ काम गर्दै आएको वस्रता लेडी जेसीजले फेरी अर्काे राम्रो काम गरेर समाजमा आफ्नो बेग्लै परिचय दिएको छ । 
    गत चैतमा जन्मदिन भएको लेडी जेसीजका सदस्यहरुले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको थिए । बैशाखमा विवाह गरेर वैवाहिक वर्षगाँठ भएका ७ जना सदस्यहरुले विरामीलाई आर्थिक सहयोग गरेका छन् । विएण्डसी अस्पतालमा उपचार गराइरहेका टिकाराम भण्डारीलाई २१ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । विजुलीको करेन्ट लागेर हात गुमाएका कमजोर आर्थिक अवस्था भएका व्यक्ति हुन् । उनलाई अस्पतालमै पुगेर रकम प्रदान गरिएको हो । वैशाख महिनामा विवाह भएका लेडी जेसीजकी अध्यक्ष नम्रता ढकाल, संस्थापक अध्यक्ष शारदा रिजाल, निवर्तमान अध्यक्ष नैनाकला भट्टराई, उपाध्यक्ष कामना उप्रेती, उपाध्यक्ष हिमा पौडेल, जुनिता ओडारी र शिला ढकालल उक्त रकम प्रदान गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका निवर्तमान अध्यक्ष प्रकाशप्रसाद अधिकारी, वीरता जेसीजका अध्यक्ष एकराज गिरी, अस्पतालका मेडीकल डाइरेक्टर रोहित यादवल, प्रमेश गिरी, रमेशप्रसाद पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष प्रकाशप्रसाद अधिकारीले सामाजिक उत्तरदायित्वका लागि वीरता लेडी जेसीजले खेलेको भूमिका अन्य सामाजिक संघ संस्थाहरुले पनि प्रेरणाको स्रोत भएका् बताए । उनले सामाजिक सेवामा सक्रिय रहेको जेसीजलाई आगामी दिनमा समेत यसरी नै निरन्तर लागि रहन शुभकामना दिए । कार्यक्रमको सञ्चालन महासचिव सरु खनालले गरेकी थिइन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…