• फिदिम/ पाँचथरको हिलिहाङ गाँउपालिकामा आजबाट ऐतिहासि हिलिहाङ महोत्सव सुरु भएको छ । लिम्बुवानका अन्तीम राजा हिलिहाङ राजाले राज्य गरेको दरबारमा महोत्सवको आयोजना गरीएको छ ।

    हिलिहाङ महोत्सबको उद्घाटन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले गरेका छन् । रार्ईले महोत्सबको उद्घाटन गर्दै महोत्सलाई औपचारीकतामा मात्र सिमित नराख्न आग्रह गरे ।

    उनले महोत्सवले ऐतिहासिक क्षेत्रको समेत टेवा पु¥याउन महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताए । उनले हिलिहाङ महोत्सबले दरवारको मात्र नभएर कृषि, उद्योग, शैक्षिक क्षेत्रलाई उजागर गर्दे गाँउपालिकाको विकास र समृद्धिको कोशेढुङ्गा बन्न सक्ने बताए ।

    हिलिहाङ क्षेत्रको विकासमा प्रदेश सरकारले प्राथमिकतमा राख्ने र आगामी प्रस्तुत हुने नीति र बजेटमा यस क्षेत्रको संरक्षणमा प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताए ।

    उनले ऐतिहासिक कुराहरुलाई सम्मान गर्न नसके आज र भोलिको इतिहास सून्दर परिकल्पना गर्न नसकिने गर्न नसकिने समेत बताए । लिम्बुवानका अन्तिम राजा हिलिहाङले राज्य गरेको स्थान हिलिहाङ दरवारको विकास र प्रवर्दन गर्न हिलिहाङ महोत्सव गरिएको आयोजकले जनाएको छ । महोत्सब आजबाट ५ दिन सम्म चल्ने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…